मालिकामा काँग्रेसको अग्रता

  • १ जेष्ठ २०७४, सोमबार
  • 3095 पटक पढिएको

म्याग्दी १ जेठ । म्याग्दीको मालीका गाउँपालीकाको प्रारम्भिक मतपरिणाममा नेपाली काँग्रेसका उमेद्वार श्रीप्रसाद रोकाले अग्रता कायम गरेका छन् ।

मालीका १ निस्कोटको तिन सय मतगणना गर्दा गाउँपालीकाको अध्यक्षमा काँग्रेसका रोकाले १४५, नेकपा एमालेका बेगप्रसाद गर्बुजाले ८६ र माओवादी केन्द्रका कमल केसीले ५० मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा काँग्रेसकी बिमला रोकाले १४३, एमालेकी खरमाया बिटालुले ८९ र माओवादी केन्द्रकी गौरी सेञ्चुरीले ५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दुई वटा मतदान केन्द्र रहेको निस्कोटमा एक हजार ३३७ मतदाता रहेकोमा ९०७ जनाले मतदान गरेका थिए ।