सभामुखमा अग्निको मात्रै उम्मेदवारी

  • ७ माघ २०७६, मंगलवार
  • 1396 पटक पढिएको

काठमाडौ । सभामुख पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी काँग्रेस, राजपा र समाजवादी पार्टी नेपालबाट उम्मेदवारी नपरेको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले मंगलबार ११ बजेदेखि २ बजेभित्रको समयमा नेकपा सापाकोटाबाहेक अन्य दलबाट सभामुखमा उम्मेदवारी नपरेको बताए ।

मंगलबार विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिइएको थियो । सभामुख निर्वाचनका लागि माघ १२ गते संसद बैठक बोलाइएको छ ।