मंगलाघाटबाट ठुलो परिमाणको लागुऔषध सहित दाजुभाई पक्राउ

  • ७ माघ २०७६, मंगलवार
  • 4970 पटक पढिएको

बेनी ७ माघ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–७ मंगलाघाटका मनोज खत्री र उनका भाई आशिष खत्रीलाई लागुऔषध सहित पक्राउ गरेको हो । लागुऔषध बेचविखन र कारोबारमा संलग्न रहेको गोप्य सूचनको आधारमा घर खोजतलास गर्न गएको प्रहरी टोलीले ठुलै परिणाममा लागुऔषध फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ध्रुव प्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार, विक्रि गर्नको लागि लुकाई राखेको १०४ एम्पुल डाईजापाम, १०४ एम्पुल फेनेरागन, १०६ एम्पुल नुर्फिन र २ थान सिरिन्ज प्रहरीले बरामद गरेको छ । एकै पटक ठुलो परिमाणमा लागुऔषध बराबद भएको यो अहिलेसम्मकै धेरै भएको प्रहरीले जनाएको छ ।

????????????????????????????????????

पक्राउ परेका २५ बर्षिय मनोज र २२ बर्षका आशिषलाई आलुऔषध मुद्धामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसंधान सुरु गरिएको प्रहरी निरिक्षक शर्माले जानकारी दिए । प्रारम्भिक अनुसंधानको क्रममा खत्री दाजुभाई लागुऔषध प्रयोगकर्ता समेत रहेको खुलेको प्रहरीले जनाएको छ ।