दुर्घटनामा घाईते अमित केसीको उपचारमा आर्थिक अभाव

  • ७ माघ २०७६, मंगलवार
  • धिरन खत्री
  • 8663 पटक पढिएको

 

म्याग्दी, ७ माघ । रुख ढाल्ने क्रममा गम्भिर घाईते भएका रघुगंगा गाउँपालिका–२ राखु भगवतीका अमित केसीलाई उपचारमा आर्थिक अभाव भएको छ । काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचार गराईराखेका केसीलाई उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक अभाव भएको हो ।

माघ १ गते गाउँमा रुख काट्ने क्रममा घाईते भएका केसीको ढाड र दुवै खुट्टामा गहिरो चोट लागेको छ । दुर्घटनामा गम्भिर घाईते केसीलाई हेलिकप्टरबाट उद्वार गरि पोखरा मणिपाल अस्पतालमा पु¥याइएको थियो । पोखरा उपचार सम्भव नभएपछि उनलाई काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचार गराउन लगिएको थियो ।


अस्पतालमा उपचार गराइराखेका केसीको उपचारमा धेरै रकम लाग्ने, कति लाग्ने रकम अनुमानित भन्न नसकिने अस्पतालका डाक्टर विनोद विजुक्छेले बताएको सुस्मा केसीले जानकारी दिईन । हालसम्म १० लाख रुपैया उपचारमा खर्च भएको छ, कति लाग्ने हो थाहा छैन्, उपचारका लागि अस्पतालमा दुई महिनासम्म बस्नुपर्ने देखिन्छ, खुट्टाको अmझै अप्ररेसन भएको छैन्– सुस्मा केसीले बताईन ।

कृषि र सामान्य ब्यापारबाट परिवारको घरखर्च चलाएको अमितको पारिवारको आर्थिक अवस्था कमजोर रहेको छ। उपचारमा निजको आर्थिक अवस्थाले नभ्याउने भएपछि आर्थिक सहयोगका लागि देश विदेशमा रहेका म्याग्दी तथा राखुबासी दाजुभाई दिदिबहिनीलाई सहयोग लागि श्रीमती सुस्मा केसीले अपिल गरेकी छन् ।

त्यस्तै वडा नम्वर २ का वडा अध्यक्ष रिमबहादुर कटुवालले गम्भिर घाईते केसीको उपचारमा आर्थिक सहयोग गरिदिन गाउँपालिका, विभिन्न सहयोगी संघसंस्था, क्लव, आमासमुह, स्वेदश तथा विदेशमा रहेका म्याग्दी तथा नेपालीलाई आग्रह गर्नुभएको छ ।

परिवारको आर्थिक अवस्थाले उपचारमा लाग्ने रकम जुटाउन मुस्किल भएपछि आर्थिक सकंलन तथा सहयोग अभियान थालिएको छ। आर्थिक सहयोग र बास्तविक अवस्था बुझ्न् परिवारको मोवाईल नम्वरमा फोन गर्नुहोला ।
सम्पर्क नम्वर चुन कार्की ९८४९२३७९८२,
सुस्मा कार्की ९८४६६२२६३६
ग्लोबल आईएमई बैंकको खातानम्वर : ३५०७०१०००६९१६ सुन्तली काकी

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l