लोप हुँदै परम्परागत पानी घट्ट, ढिकी र जाँतो

  • ६ माघ २०७६, सोमबार
  • धिरन खत्री
  • 3599 पटक पढिएको

धिरन खत्री
म्याग्दी, ६ माघ । जिल्लामा आधुनिक घट्टको विकासले परम्परागत घट्ट पछिल्लो समय लोप हुदै गएको छ । पछिल्लो समय कुटानी पिसानीमा छिटोछरितो लागि विधुतबाट चल्ने आधुनिक मेशिनहरु आएपछि परम्परागत घट्ट, ढिकी र जाँतो संरक्षण्को अभावले लोप हुदै गएका हुन् ।


गाउँगाउँमा विधुत विस्तार र सडक पुगेसंगै आधुनिक मेसिनहरु गाउँमा पुगेसंगै ग्रामिण भेगका जनताको आकर्षणा बढेपछि परम्परागत पानी घट्टको प्रयोग घट्दै गएको छ। पिठो पिस्न गाउँ–गाउँमा पानी घट्टको प्रयोग गरिन्थ्यो । पिठो पिस्ने पानी घट्टलाई आधुनिक मिलले विस्थापित गरेको छ । पिठो पिस्ने घट्ट, धान कुट्ने ढिकी, तोरी पेल्ने कोललाई अहिलेका विद्युतीय उपकरणबाट चल्ने मिलहरुले विस्थापित गरिसकेको रघुगंगा गाउँपालिका–२ राखु पखटोलका लेठबहादुर खत्रीले बताए । पहिला विवाह बत्तबन्ध र चाडपर्वमा दिनभरी रातभरी ढिकी जाँतोमा धान कुट्ने मिठो पिस्ने हुन्थ्यो, अहिल्य त्यो हराएको उनले बताए । पुराना घरहरुमा भेटिन्छ, भने नयाँ घरमा जाातो लोप हुदै गएकोे देखिन्छ ।

नयाँ पुस्ताले मौलिक प्रविधि संरक्षणमा चाँसो नदिनुले पनि घट्ट लोप हुन थालेका छन । पानि घट्टमा पिठो पिस्न समय लाग्ने र विद्युतीय मिलमा छिटो छरितो हुने भएकोले पनि घट्ट आउन छोडेको त्यस्तै पानीमिल चलाउदै आएका राखुभगवती याम बहादुर थापाले पानी घट्टको विस्थापित गरि अहिले विजुली मिल सञ्चालन गरेका छन् । पानी घिट्ट चलाउन मुहानमा पानी बर्खमा जस्तो हिउदँमा नहुदाँ यसलाई छोडेर विजुली घट्ट संचालन गरेको उनले बताए । जिल्लामा सडक, विजुली नपुगेका ठाउँमा अझैपनि परम्परागत पानी घट्टको प्रयोग भएको छ। भने धेरै ठाउँमा विस्थापित गरि आधुनिक विधुतिय घट्टको प्रयोग बढेको छ ।

आधुनिक मेसिनमा कुटेका पिसानी भन्दा परम्परागत पानी घट्टमा पिसेको सस्तो र पोसीलो हुने भएपनि गाउँमा छिटो छरितो र सहजका लागिा आधुनिक मेशिनमा आकर्षण बढेको छ। भने परम्परागत पानी घट्ट, ढिकि, जातो संरक्षणमा स्थानीयत सरकार र आधुनिक पुस्तामा संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन् । भने मौलिक ढुंगे युगका कुटानी पिसानी गर्ने यी स्थानीयस्रोतसाधनहरु संरक्षणमा स्थानीय सरकार लगायतले जोड दिनुपर्छ ।
तस्विर : धौलागिरि गाउँपालिका–१ गुर्जामा जातोमा मकै पिस्दै बृद्ध आमा । धिरन खत्री 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l