बेनी नगरपालिका– वडा १ रत्नेचौरमा एमालेको प्यानल बिजयी

  • १ जेष्ठ २०७४, सोमबार
  • 4768 पटक पढिएको

म्याग्दी, १ जेठ ।  बेनी नगरपालिका–१ वडा रत्नेचौरमा नेकपा एमालेको प्यानल बिजयी भएको छ । आईतवार भएको स्थानीय तह निर्वाचनको मतगणना अनुसार सो वडामा नेकपा एमालेका टेकबहादुर रावल ६ सय ३० मत ल्याएर बिजयी हुनुभएको हो ।

  सो वडामा एमालेका टेकबहादुर थापा, ताराप्रसाद थापा मागर, जमुना नेपाली, गौरी थापा सदस्यमा बिजयी भएका छन् ।

वडा अध्यक्षमा रावलका प्रतिद्धन्धी काँग्रेसका छबिलाल श्रेष्ठले ४०९ मत प्राप्त गरेका छन् ।

त्यसैगरि बेनी नगरपालिका प्रमुखको लागि वडा नम्बर एक बाट एमालेका प्रमोद श्रेष्ठलाई ७ सय ७८ र नपाली काँग्रेसका हरिकुमार श्रेष्ठलाई ४५८ मत प्राप्त भएको छ ।

त्यसैगरि उपमेयरमा राप्रपाकी सञ्जु बरुवाललाई ७ सय १३ मत र नेकपा माओवादी केन्द्रकी ज्योती लामिछानेलाई ३ सय ६५ मत प्राप्त भएको छ ।