दरवाङमा मालीका गाउँपालीकाको मत गणना सुरु

  • १ जेष्ठ २०७४, सोमबार
  • 1715 पटक पढिएको

म्याग्दी, १ जेठ । दरवाङमा मालीका गाउँपालीकाको मत गणना सुरु भएको छ । मालीका १ निस्कोटबाट मतगणाना सुरु भएको हो । यस्तै मंगला गाउँपालीकाको १ नम्बर वडा कुहुँको बाबियाचौर स्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको छ ।

रघुगंगा गाउँपालीकाको मतगणानाको तयारी भएको छ । पाखापानी स्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसीरहेको छ । धौलागिरी गाउँपालीकाको गुर्जाबाट मतपेटिका आईपुगेको छैन् । हेलीकप्टरबाट मतपेटिका मुना स्थित निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने तयारी भएको छ ।

उत्तरी पर्वतको जलजला गाउँपालीकाको मतगणना भएको छ । मल्लाज स्थित निर्वाचन अधिकृतको कार्यालयमा दिउँसो १२ बजेदेखि मतगणना सुरु भएको हो । तिन वटा समूह बनाएर मतगणना सुरु भएको छ । ७ नम्बर वडा धाईरीङ, ८ नम्बर वडा नाग्लीवाङ र ९ नम्बर वडा बनौको एकैपटक मतगणना सुरु भएको हो ।