म्याग्दीका युवा पोखराको पर्यटन व्यवसायमा सक्रिय

  • १ माघ २०७६, बुधबार
  • 3617 पटक पढिएको

म्याग्दी, १ माघ । पर्यटकीय नगरी पोखराको लेकसाइडमा म्याग्देली युवा खुम पुनले डिस्को क्लव (लाउन्स) सञ्चालनमा ल्याएका छन् । पोखरा घुम्न जाने युवा पुस्ताका आन्तरिक र विदेशी पर्यटकहरुलाई लक्षित गरेर लेकसाइडको १३ नम्बर बाराही रोडमा स्पीङस लाउन्स सञ्चालन गरेका हुन् । यो तीनतारे होटल बाराहीको नजिकै छ ।

रेष्टुरेन्ट सहितको डिस्कोमा विभिन्न परिकारको स्वादसंगै सांगितिक माहोलमा रमाउन पाइन्छ । डिजे र कलाकारको लाइभ प्रस्तुति हुन्छ । पोखराका स्थानीय ब्याडको नियमित प्रस्तुति हुने गर्छ । बेला बेलामा अन्तराष्ट्रिय कलाकारलाई समेत ल्याउने गरेको सञ्चालक पुनले बताउनुभयो । यही शुक्रबार अन्तराष्ट्रिय कलाकार मनिका स्टोलीङ आउदैछिन् । अत्याधुनिक बाद्यबाधनका सामग्रीहरुको व्यवस्थापन गरिएको छ ।

नाच्नका लागि हल छ । नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा पोखरा घुम्न जाने पर्यटकहरुलाई सांगितिक माहोलमा रमाउने वातावतरणका लागि डिस्को सञ्चालन गरेको पुनले बताउनुभयो । यसमा दश करोड रुपैया लगानी भएको उनले बताए । पचास जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । धवलागिरी गाउपालिकाको वडा न. ७ मा पर्ने हिलापोखरीमा जन्मिएका पुन हाल पोखराको नदीपुरमा बस्नुहुन्छ । नदीपुरको पुन युनाइटेड क्लवको सचिव समेत भएका उहाले सामाजिक गतिबिधिमा पनि संलग्न रहदै आउनुभएको छ । उहाँले २०१५ मा पोखरामै स्पेसीफ टुर्स एण्ड ट्राभल्स कम्पनी पनि सुरु गर्नुभएको थियो । ट्राभल्स कम्पनीका साथै नया पुस्ताका पर्यटकलाई लक्षित गरि डिस्को खोलेको उहाले बताउनुभयो ।

डेन्टल हाइजीन विषयको उच्च शिक्षा हासिल गरेपनि रुची र चाहनाले पर्यटन व्यवसायमा अघि बढेको उहाको भनाई छ । ग्राहकको साथ र सहयोग पाउनेमा उहा विश्वस्त हुनुहुन्छ । युवा उद्यमीहरुलाई सरकारले साथ दिएमा विदेश पलायन रोक्न सकिने पुनको भनाई छ ।