बालमन्दिरमा नृत्य प्रतियोगिता

  • २९ पुष २०७६, मंगलवार
  • 2209 पटक पढिएको

बेनी, २९ पुष । बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा सोमबार नगर स्तरीय आधारभूत विद्यालयहरुको खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।१२ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा आयोजक बालमन्दिर आधारभूत प्रथम, न्यु वेष्ट पोइन्ट आवासीय मावि दितृय, बेनी बोडिङ्ग तृतीय र न्यु होराइजन आवासीय मावि पर्वत बेनी सान्तवना भएका छन् ।

प्रथम, दितृय, तितृय र सान्तवना हुने विद्यालयलाई क्रमश ः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार रुपैया पुरस्कार प्रदान गरिएको छ । विद्यार्थीमा रहेको प्रतिभाको पहिचान र प्रस्फुटनको अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर महतको अध्यक्षता, बेनी नगरपालिकाको शिक्षा शाखाका प्रमुख शिवप्रसाद रेग्मीको प्रमुख आतिथ्यता, प्रअ सुरेन्द्र केसीको सञ्चालन र सल्लाहकार मनबहादुर चर्माकारको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।