बेनी नगरपालीकाको मतगणाना सुरु

  • १ जेष्ठ २०७४, सोमबार
  • 4584 पटक पढिएको

म्याग्दी १ जेठ । बेनी नगरपालीकाको मत गणना सुरु भएको छ । बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा आईतबार राती ११ बजेदेखि मतगणना सुरु भएको हो ।

मतगणना सुरु हुनुअघि राजनितिक दलहरुसंग सर्वदलीय बैठक बसेको थियो । मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले मतगणना निर्देशीका र कार्यबिधीको बारेमा जानकारी गराउनुभएको थियो ।

यसैबीच बेनी नगरपालीका १ रत्नेचौरको पछिल्लो मतगणनाको मतपरिणाम अनुसार एमाले राप्रपा गठबन्धनले अग्रता लिएको छ ।

एमालेका मेयरका उम्मेदवार प्रमोद श्रेष्ठले ३२७ उपमेयरमा राप्रपाकी सञ्जु बरुवालले ३१७ तथा मेयरमा  काँग्रेस माओवादी गठबन्धनबाट मेयरका उम्मेदवार काँग्रेसका हरिकुमार श्रेष्ठले २०७ र उपमेयरमा माओवादी केन्द्रकी ज्योती लामिछानेले १८२ मत प्राप्त गरेका छन् ।

तिन वटा मतदान केन्द्र रहेको बेनपा १ मा एक हजार ८६५ मतदाता रहेकोमा एक हजार ३७६ मत खसेको थियो । यसैबिच म्याग्दीको पाँच गाउँपालिकामा आज देखि  मतगणना सुरु हुने भएको छ ।