लाईभ दोहोरीमा अब्वल निशा भण्डारी

  • २६ पुष २०७६, शनिबार
  • धिरन खत्री
  • 5751 पटक पढिएको

म्याग्दी, २६ पुस । लाईभ दोहोरीमा अब्बल गायिका १४ बर्षिय निशा भण्डारी जिल्लामा हुने विभिन्न मेला महोत्सवमा देखाउने प्रस्तुतीले चर्चा बटुलिरहेको छ। म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु सिर्जलगाउँमा जन्म भएकी भण्डारी सानै उमेरमा चर्चित कलाहरुसंग लाइभ दोहोरी गाएर चर्चा बटुलिरहेकी छन् ।


दोहोरी गाउन अब्वल भण्डारीले चर्चित दोहोरी गायक राजु परियार, छत्र शाही, बाल दोहोरी गायक प्रिन्स लम्सालसंग दोहोरी गाएको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । त्यसपछि स्थानीयस्तर लगायत विभिन्न जिल्लामा हुने मेला महोत्सवमा भण्डारीलाई प्रस्तुती दिन भ्यानभ्याई भएको छ ।


उनले चर्चित युट्व च्यानल इन्दे्रणी, आलप दोहोरी, सारंगी संसार लगायतका च्यानलमा दोहोरी गाएर आफ्नो क्षमता प्रस्तुत देखाएकी थिईन । विभिन्न मेलामहोत्सवमा पनि राष्ट्रि तथा स्थानीय कलाकारसंग गाएको दोहोरी प्रस्तुतीप्रति दर्शक तथा आफन्तजनले मनपराउदै निरन्तरताको लागि थप हौसला मिलेको बताईन । आगामी दिनमा पढाईसंगसंगै गित संगितमा निरन्तरता दिएर अघि बढ्ने लक्ष रहेको छ, परिवार र आफन्तजनको सहयोगले विभिन्न मेला महोत्सवमा प्रस्तुती दिन सहयोग मिलेको बताईन ।


मुक्तिधाम मावि राखु भगवतीमा कक्षा ९ मा अध्ययनरत भण्डारी राुख सिजलगाउँ निवासी बुवा यामबहादुर भण्डारी आमा विमला भण्डारीलको कोखबाट जन्म भएको हो । परिवारका कुनै सदस्य गितसंगितमा छैनन् । कृषि तथा ज्याला मजदुरी गरेर जीवन चलाउदै आएका परिवारका सदस्य बालगायिका निशा भण्डारी भविष्यमा गर्ने पेशा प्रष्ट देखाईसकेकी छन् ।


आमा विमला भण्डारीले छोरीको प्रगति देखेर खुसी लागेको छ, उन्को प्रतिभालाई उजागर गर्न निरन्तर साथ सहयोग गरिरहने बताईन । उनी जिल्ला लगायत बाहिर हुने विभिन्न मेलापर्व महोत्सवमा अफरहरु आईरहेको छ । पढाईलाई निरन्तरता दिने तरिकाले समय मिल्याएर लैजाने गरेको आमा विमला भण्डारीले बताईन ।  उन्को क्षमतालाई प्रशंसा गर्दै राखु भगवतीमा रहेका सामाजिक संघसंस्था, आमासमुह, युवाक्लव, विद्यालयको विभिन्न कार्यक्रममा सम्मान गर्दै आएका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l