बाँदुकमा स्वास्थ्य इकाई स्थापना

  • २५ पुष २०७६, शुक्रबार
  • 2377 पटक पढिएको

म्याग्दी, २५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगको बाँदुकमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना भएको छ । भौगोलिक बिकटता र वडास्तरको स्वास्थ्य संस्था टाढा भएका कारण स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाई मध्यनजर गर्दै बाँदुक बासीलाई स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउन ईकाई स्थापना गरिएको हो ।


गाउँपालिका र वडा कार्यालयको पहलमा स्थापना भएको ईकाईमा स्वास्थ्य परिक्षण, परामर्श र सरकारले दिने निशूल्क औषधि वितरण हुने छ । बाँदुकका करिब ९० घरधुरी लाभान्वित हुने छन् । ईकाईको बिहिबार उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले सहज र सर्वशुलव स्वास्थ्य सेवा जनतालाई उपलब्ध गराउन इकाइ स्थापन गरिएको बताए ।


अध्यक्ष भण्डारीले गाउँपालिकको ग्रामिण बस्तीमा खानेपानी र विद्युत सुविद्या आफ्नो कार्यकालमा पु¥याउने प्रतिवद्धता जनाएका थिए । वडा सदस्य रविन्द्र गर्बुजाको अध्यक्षता, जसबहादुर तिलीजाको सञ्चालन भएको कार्यक्रममा गाउँपालीकाका स्वास्थ्य संयोजक टिका शाहिले गाउँपालिकाका प्रत्येक बस्तीका नागरिकलाई सामान्य स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने समस्या निराकरण गर्न सहयोग पुग्ने बताए ।
उक्त उद्घाटन कार्यक्रममा वडा सदस्य बलमान गौचनले समेत मन्तव्य राखेका थिए । स्वास्थ्य इकाइका लागि गाउँपालिकाले ७ लाख ७१ हजार बजेट विनियोजन गरेका थियो ।