मोडल अफ म्याग्दी बेनीमा हुने

  • २४ पुष २०७६, बिहीबार
  • 3649 पटक पढिएको

म्याग्दी,२४ पुस । स्थानीस्तरमा लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले बेनीमा मोडल अफ म्याग्दी प्रतियोगिता हुने भएको छ । किङ्गस्टार क्रियशन प्रा.लिको आयोजना र म्याग्दी चेम्वर अफ कमर्शको सह–आयोजनामा मोडल अफ म्याग्दी एण्ड लिटिल मोडल अफ म्याग्दी हुने भएको हो ।


विहिबार बेनीमा भएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितामा उतकृष्ट प्रतियोगिलाई म्युजिक भिडियो, मिस्टर एण्ड मिस मोडेल इन्टरनेस्नल नेपालमा निशुल्क टे«निङ्ग दिईने र क्राउन, ट्रफि, नगद र प्रमाण पत्रसहित पुरस्कृत गरिने किङ्गस्टार क्रियशन प्रा.लिका ब्यवस्थापक सुमन खड्काले जानकारी दिएका छन् ।

स्थानीय स्तरका प्रतिभालाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय उजागर गर्न मोडल अफ म्याग्दी राखिएको ब्यवस्थापक खड्काले जानकारी दिए ।  म्याग्दी सेम्वर अफ कमर्शका अध्यक्ष भरत रकाल, कालिपुल युनाईटेड क्लवका अध्यक्ष विकास पुन मोडेल अफ म्याग्दीकी विजेता हेना खड्का उपस्थित रहेको पत्रकार सम्मेलनमा सहजीकरण प्रदिप बोहराले गरेका थिए ।