रैथानेबालीलाई जोगाउन पकेट क्षेत्र निर्धारण

  • २१ पुष २०७६, सोमबार
  • धिरन खत्री
  • 2574 पटक पढिएको

म्याग्दी, २१ पुस । रैथानेबालीलाई जोगाउन स्थानीतहअनुसार पकेट क्षेत्र निर्धारण गरिएको छ। कृषि ज्ञान केन्द्रको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि, कृषि प्राविधिक र कृषकहरुको उपस्थितमा पकेट क्षेत्र निर्धारण गरिएको हो । रैथाने तथा स्थानीय बालीको उत्पादन क्षेत्र यकिन तथा बजारिकरण सम्वन्धि आयोजित अन्तरक्रियामा सरोकारलवाहरुले लोपोन्मुख रैथानेबाली संरक्षणमा जोड दिन आग्रह गरेका थिए । विगत भन्दा कम उत्पादन हुने सिमि, बोडी, आलु, भागो, जुनेलो, टिमुर, फापर, कोदो, गद र लटे लगायतका बालीलाई संरक्षणमा जोड दिन कृषि ज्ञान केन्द्रले क्षेत्र निर्धारण गरेको छ।


केन्द्रले एक नगरपालिकासहित पाच गाउँपालिकामा रैथानेबालीको क्षेत्र निर्धारण गरेको छ । बेनी नगरपालिकामा भकिम्ली, डोले, मुसुङ, गान्धे, डढुवा, पात्लेखेत, वाखेत, ढोल्ठान छनोट गरेको छ। त्यस्तै रघुगंगा गाउँपालिकामा, पात्लेखर्क, रायखोर, दर्मिजा,, चिमखोला, झिँ, टोड्के, भगवती, बेगलाई तोकेको छ । अन्नपुर्ण गापामा घार, हिस्तान नागी, राम्चे र नारच्याङ तोकेका छ । मालिका गापामा सिस्नेरी, देवीस्थान, रुम, दिच्याम, दुखु, फुलबारी तोकको छ । मंगला गापामा झाक्रिँपानी, पुर्णगाँउ, हिदि, भर्जुजा, दापुङ, चाङ्ग, किमचौर, भर्जुजा, पिपलवोट र रणबाङ्गलाई तोकेका छन् । भने धवलागिरि गापामा मरेनी, गुर्जा, धवलागिरि राउण्ड र मुदी क्षेत्रलाई रैथाने बालीको क्षेत्र निर्धारण कृषी ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए ।


पराम्परागत रुपमा कृषकले उब्जनी हुदैँ आएको रैथाने खेतीलाई संरक्षण तथा ब्यवस्थापनका लागि आर्थिक बर्ष २०७६/०७७ मा रुैथानेबालीतर्फ ५२ लाख ४० हजार रहेको केन्द्रका कृषि प्रसार अधिकृत पाण्डेले जानकारी दिए । उनले प्रांगारिक खेतीतर्फ ९७ लाख ४१ हजार बजेट रहेको बताए ।  केन्द्रका प्रमुख गोविन्द्रराज कोइरालाले लोपुन्मुख बालीको पहिचान, विजवृद्धी, विउ बैङ्क स्थापना र प्रर्दशनी, होटल तथा होमस्टे सञ्चालकलाई रैथाने बालीका परिकार बनाउने तालिम, जैविक विविधता मेला, रैथाने बालीको महत्व बुझाउने, बजारीकरण, कृषि यन्त्र खरिदमा अनुदान दिने कार्यक्रम रहेको बताए ।

पर्यटकिय गाउँ अन्नपुर्ण गाउँपालिका–८ नागीमा विभिन्न क्षेत्रबाट कृषि सम्वन्धी ज्ञानले प्रांगारिक मल उत्पादनसंगै रैथानेबाली आलु, मकै, कोदो, फापर, सिमी, जौ लगायतको बालीमा उत्पादन बृद्धि भएको बताईन । प्रांगारिक रुपमा उत्पादीत खाद्यबस्तु होमस्टेमा आउने पाउनालाई स्वादिलो लाग्ने गरेको उनले बताईन ।  जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद विनोद केसीले कृषि क्षेत्रलाई ब्यवसायिक रुपमा अघि बढाउन बास्तविक कृषक पहिचान गरेर रैथाने बालीको पकेट क्षेत्र केन्द्रित कार्यक्रम गर्न आग्रह गरेका थिए । अनुदानका लागि स्थलगत अनुगमन र स्थानीय तहसंग समन्वय गरेर कृषक छनोट गनुपर्ने बताए ।

त्यस्तै जिसस प्रमुख केसीले बास्तविक कृषकलाई आवश्यक प्राविधिक सहयोग पु¥याउने कार्यक्रम संचालन गर्न आग्रह गरेका थिए । ज्ञान केन्द्र स्थानीय तह, प्रदेश र संघको कृषि क्षेत्रको अनुदान एउटै कृषक केन्द्रित नर्गन सुझाव दिएका दिए । गत आवको कार्यक्रमको गतिविधि कृषि विज्ञ भोजबहादुर थापाले जानकारी गराएका थिए ।त्यस्तै प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, गाउँपालिका उपाध्यक्ष सुन्तला जोन, भेटेनरी तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुखहरुको उपस्थित रहेको गोष्ठीको संचालन कृषि प्रसार अधिकृत पाण्डेले गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l