आजको मौसम, हल्का वर्षाको सम्भावना

  • २१ पुष २०७६, सोमबार
  • 1382 पटक पढिएको

पालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको असर पर्नेछ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानमा देशको पश्चिमी क्षेत्रमा परिश्ची निम्न चापीय प्रणालीको असर पर्ने उल्लेख गरिएको हो । सोमबार देशका पश्चिमी र पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली भइरहने र अन्य क्षेत्रमा भने मौसम सफा रहने उल्लेख गरिएको छ ।

यसैगरी, सोमबार दिनभरी पश्चिमी र पूर्वी भूभागमा आंशिक र सामान्य बदली हुनेछ । भने पश्चिमी र पूर्वका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।  रातमा भने देशभर सामान्य बदली हुनेछ । राति पनि मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, देशको पश्चिम र मध्यका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपानको सम्भावना रहेको छ ।
यता, तराईका केही स्थानमा हुस्सु÷कुहिरो लागेको छ । पूर्वानुमानका अनुसार साँझसम्म हुस्सु हटेर जाने र कुहिरो लागेको ठाउँमा भने घाम नलाग्ने बताएको छ ।