हाते ट्याक्टरबाट खेत जोत्न किसानलाई सहज

  • १९ पुष २०७६, शनिबार
  • धिरन खत्री
  • 5407 पटक पढिएको

म्याग्दी, १९ पुस । परम्परागत रुपमा हल गोरुबाट जोत्दै आएको रघुगंगा गाउँपालिका–२ राखु पखटोलको खेतमा यसबर्षदेखि मिनिटेलर हलो –(हाते ट्याक्टर) बाट जोतिएको छ। धान थन्काएपछि गहुँ र आलु लगायतको हिउँदे खेती लगाउन मिनिटेलर हलोबाट सहज भएको कृषक देवी केसीले बताईन ।


एकघण्टामा दुई मुरी धान आउने खेत हाते ट्याक्टर हलोबाट जोत्न सकिने नविन केसीले बताए । उनले गोरु र मान्छे समयमै नपाउने समस्यालाई निराकरण गरेको बताए । प्रविधिमैत्री हाते ट्याक्टर हलोबाट गौँ छर्ने खेत जोत्न नविन केसीलाई भ्याइनभ्याइ भएको छ ।


हल गोरु र पुरुष हली नभई नहुने खेतमा मिनिटेलर हलोबाट खेत जोत्न पुरुष वा महिला दुवैले प्रयोग गर्न सकिन्छ । उनले ब्यवासायिक कृषि खेती विकास लागि कृषिलाई यान्त्रिकीकरणमैत्री बनाउन स्थानीय सरकारले जोड दिनुपर्ने केसीले बताए ।


त्यस्तै रघुगंगा गाउँपालिका– २ का वडाअध्यक्ष रिमबहादुर कटुवालले परम्परागत खेतीलाई ब्यवस्थित र ब्यवसायिक खेतीमा कृषकलाई आकर्षण गर्न हाते ट्याक्टर लगायतका आधुनिक मेसिशनहरु शुलभ अनुदानमा उपलब्ध गराउने योजनासहित बजेट विनियोजन गरेको बताए । ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l