बेनी नगरपालिकामा ७१ प्रतिशत बढी मत खस्यो

  • ३१ बैशाख २०७४, आईतवार
  • 3365 पटक पढिएको

म्याग्दी, ३१ वैशाख ।  आईतवार भएको स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकामा करिब ७१ दशमलब ७४ प्रतिशत मत खसेको छ ।


नगरपालिकाको १० वटा वडामा कुल रहेको १८ हजार ३४५ मतदाता मध्ये जम्मा १३ हजार बढीले मतदान गरेको प्रारम्भिक विवरण प्राप्त भएको मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


नगरपालिकाको सबै वडामा भएको मतदानको मतपेटीका र विवरण सदरमुकाम ल्याउँदै गरीएको मुख्य जिल्ला निर्वाचन अधिकृत रामप्रशाद शर्माले जानकारी दिनुभयो ।   उहाँका अनुसार, सबै मतपेटीका आईसकेपछि सर्वदलिय बैठक राखेर मतगणनाको समय टुंगो लगाउने तयारी गरिएको छ ।
बेनी नगरपालिका काँग्रेस–माओवादी गठबन्धनबाट मेयरमा हरिकुमार श्रेष्ठ, उपमेयरमा ज्योती लामिछाने र एमाले राप्रपा गठबन्धनबाट मेयरमा प्रमोद श्रेष्ठ र उपमेयरमा सञ्जु बरुवाल उम्मेद्वार बन्नुभएको थियो ।