म्याग्देली गायक हेमन्त कान्छाको मनछुने ‘कर्खा भाका’ले चर्चा बटुल्दै (भिडियो सहित)

  • १६ पुष २०७६, बुधबार
  • 4588 पटक पढिएको

म्याग्दी १६ पुस । म्याग्देली गायक हेमन्त कान्छा रसाईलीले बजारमा ल्याएको मौलिक लोक भाका कर्खा गीत ‘किन होला खै’ले चर्चा बटुल्लन थालेको छ । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा जन्मिएर काठमाण्डौमा बसेर गीत संगीतको क्षेत्रमा क्रियाशिल रहेका हेमन्त कान्छाको पछिल्लो साँगेतिक कोसेली कर्खा गीतले युटुबमा समेत भ्युज ह्वात्तै बढाएको छ ।

हराउन थालेको कर्खा भाकामा मायाँ प्रेमको कथा बस्तुलाई समेटेर तया बनाइएको गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको छ ।

गायक रसाईलीले आफुलाई चर्चित सारंगी बाधकको रुपमा चिनाइसकेका छन् । राजकुमार बगरको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियोमा स्वयम गायक रसाईली र बिमता घर्ति मगरको अभिनय रहेको छ भने जितु तामाङको छायांकन र रमेश विकको सम्पादन तथा निर्देशन रहेको छ ।