राखु पखटोलमा आयोजित विविध साँस्कृतिक तथा नभप्रतिभालाई सम्मान कार्यक्रम सम्पन्न (तस्विरसहित)

  • १६ पुष २०७६, बुधबार
  • धिरन खत्री
  • 4303 पटक पढिएको

म्याग्दी, १६ पुष । रघुगंगा गाउँपालिका–२ राुख भगवती पखटोलमा आयोजित स्थानीय मौलिक कलासस्कृतिको संरक्षण तथा नभप्रतिभा प्रस्फुटन तथा सम्मान कार्यक्रम मंगलबार भब्य रुपमा सम्पन्न भएको छ । नमूना आमासमुहको आयोजना चौतारी युवा क्लवको सहआयोजनामा स्थानीय मौलिक कलासस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजित सास्कृतिक कार्यक्रममा नभप्रतिभा प्रस्फुटन, जेष्ठ नागरिक सम्मान, राज्यको विभिन्न तहमा पुगेका ब्यक्तित्वहरुलाई कार्यक्रममा दोसल्ला, सम्मान पत्र र फुलमालाले सम्मान गरिएको थियो ।


नमुना आमासमुहकी अध्यक्ष देवी केसीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा जेष्ठ नागरिक (८० बर्ष पुगेका) धनबहादुर थापा, हिमबहादुर कटुवाल, गोरी केसी, लेठबहादुर खत्री र भिमबहादुर दर्जी, शिक्षातर्फ शिक्षक टेकबहादुर केसी, अधिकृत युवराज थापा, अधिकृत भगवती कटुवाल, अधिकृत राजेश कटुवाल, कलाकारतर्फ शोभा कार्की, फौद कटुवाल र बाल दोहोरी गायिका निशा भण्डारी, खेलकुतर्फ निर्मल कटुवाल र अभिष्ोक कटुवाललाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवाल र वडा अध्यक्ष रिमबहादुर कटुवालद्धारा दोसल्ला, सम्मानपत्र, फूलमालाले सम्मान गरिएको थियो ।


कार्यक्रममा जिसस प्रमुख केसीले विभिन्न विद्यामा सफल कर्मचारी, खेलाडी, कलाकारलाई सफलताको शुभकामना प्रदान गर्दै समाज र देश निर्माणमा उच्च क्षमता प्रर्दशन गर्न आग्रह गरेका थिए । उनले गाउँको विकासमा क्लव, टोल सुधार समिति, आमासमुह एकजुट भएर योजनाबद्ध रुपमा अघि बढ्नुपर्ने बताउदै सामुहिक रुपमा रोजगारी सिर्जना हुने ब्यवसायिक खेतीमा लाग्न आग्रह गरेका थिए ।


कार्यक्रममा वडा अध्यक्ष कटुवालले सास्कृतिक प्रतियोगिताले गाउँमा लुकेर रहेको नभप्रतिभाहरुको प्रस्फुटन तथा गाउँको विकासमा समुदायलाई एकजुट बनाउन सहयोग पु¥याउने बताए । त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दीका शाखाका अध्यक्ष देवेन्द्र घिमिरेले कलासस्कृतिको संरक्षण तथा नभप्रतिभा प्रस्फुटन गराउन स्थानीयस्तरमा हुने कार्यक्रमले सहयोग पु¥याएको बताए । उनले कलासस्कृति संरक्षणसंगै अन्य क्षेत्रमा एकजुट भएर रचनात्मक काम गर्न नमुना आमा समुहलाई आग्रह गरेका थिए ।


तमु ल्होसार पर्वको अवसरमा आयोजजित मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकार कुमार पुन, लक्ष्मी मल्ल, देवेन्द्र घिमिरे, रवि कार्की, र बाल गायिका निशा भण्डारी, अमित विश्वकर्मा, ढुंगेधारा आमासमुह लगायतका स्थानीय कलाकारद्धारा सांगितिक प्रस्तुती तथा दोहोरी गितमार्फत उपस्थित दर्शकलाई आनन्द दिलाएका थिए ।


कलाकार कुमार पुनले फुल्यो बामरी, लाछाडोरी, माकुरी, झ्याउरेसंगै लक्ष्मी मल्ल दोहोरी गित गाएर दर्शकलाई नचाएका थिए । गायिका मल्लले लोभी आखा, फुल फूल्यो केसरी, नाका लगाऔसंगै पञ्चेबाजा गित गाएकी थिइन । त्यस्तै कलाकार रवि काकीले पञ्चेबाजासंगै, जामसुस्तसुस्तै, लगायतका दर्जनौ गित गाउदै उपस्थित दर्शकलाई नचाएका थिए । भने बाल दोहोरी गायिका निशा भण्डारीसंग दोहोरी गित गाएका थिए ।
शिरशिरे टोलसुधार समितिका संयोजक दिपक खत्रीको स्वागत, क्लवका सदस्य युवराज थापाको संचालनमा भएको कार्यक्रममा आमासमुहले स्वागत गित प्रस्तुत गरेका थिए ।

 

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l