म्याग्दीमा साठी प्रतिशत बढी मतदान, बर्षाले मतदान प्रभावित

  • ३१ बैशाख २०७४, आईतवार
  • कमल खत्री
  • 2397 पटक पढिएको

म्याग्दी, ३१ वैशाख । म्याग्दीमा स्थानीय तहको निर्वाचनमा हालसम्म करिब साढी प्रतिशत भन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विहान ७ बजेदेखि सुरु भएको मतदानमा उत्साहजनक जनसहभागीता देखिएको र शान्तिपूर्ण बातावरणमा नै निर्वाचन भईरहेको जानकारी प्राप्त भएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो  ।

उहाँका अनुसार मौसममा खराबी आएको कारण दिउँसो एक बजेपछि कुइनेमंगले, मल्कबाङ, मुदी लगायतका ठाउँको मतदानको अबस्थाबारे टेलिफोन सम्पर्क हुन सकेको छैन् ।

अहिले बर्षा भइरहेपनि मतदान स्थलहरुमा छाता ओढेर भएपनि मतदाताहरु मतदानको लागि लामबद्ध अबस्थामै रहेका छन् । मतदान कर्मचारी र सुरक्षाकर्मीले मतपत्र नभिज्ने गरि सुरक्षित ठाउँमा राखेरै भएपनि मतदान कार्यलाई जारी राखेका छन् ।

सबै मतदान केन्द्रहरुमा निर्धारीत समयमै मतदान सुरु भएको र उत्साहजनक सहभागिता रहेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो । एक नगरपालीका, पाँच गाउँपालीका, ४५ वटा वडा रहेको म्याग्दीमा ७१ हजार ४६३ जना मतदाता मतदानमा सहभागि हुदैछन् ।

जिल्लाभर ७२ मतदान स्थल र १०२ मतदान केन्द्र छन् । निर्वाचित हुने २३७ पदका लागि ६०६ जना उमेद्वारहरु चुनावी मैदानमा रहेका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा संघिय संरचनामा पहिलो पटक भएको निर्वाचनले मुलुकलाई विकास निर्माणको गतिमा अगाडी बढाउने सर्वसाधारणको अपेक्षा छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l