नेपाल जेसिजद्धारा राष्ट्रिय भलिबलकी कप्तान म्याग्दीकी शाहीलाई राष्ट्रिय युवा सम्मान

  • १० पुष २०७६, बिहीबार
  • 3499 पटक पढिएको

म्याग्दी, १० पुस ।  नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई नेपाल जेसिद्धारा राष्ट्रिय युवा सम्मान पुरस्कारबाट सम्मानित भएकी छन् । नेपाल जेसीजद्धारा रत्ननगर चितवनमा आयोजित राष्ट्रिय सम्मेलनमा पुर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा नगदसहित कदरपत्रले सम्मान गरिएको थियो ।

म्याग्दीको रघुगंगा गाउँपालिका–३ राखु पिप्लेमा जन्म भएकी शाही भलिवल क्षेत्रबाट म्याग्दीसंगै नेपालको नाम अन्तराष्ट्रियस्तरमा चिनाउन सफल भएकी छन् । खेलकुद क्षेत्रबाट नेपाललाई दिएको योगदानलाई उतकृष्ट खेल विधामा छनोट गर्दै राष्ट्रिय सम्मान गरिएको हो । अरुण शाहीको सम्मानका लागि म्याग्दी जेसिजले सिफारिस गरेको थियो । नेपाल जेसिजले हरेक बर्ष देशभरका उतकृष्ट १० जनालाई सम्मान गर्दै आएको छ ।


अरुणा शाहीको कप्तानीमा रहेको भलिबल टिमले बंगलादेशको ढाकामा भएको एशियन भलिबल कन्फेडेरेसन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक जितेको थियो । भने १३ औ दक्षिण एशियाली खेलमा उतकृष्ट खेल प्रर्दशन गर्दै नेपाललाई रजत पदक दिलाउन सफल भएका थिए ।