राखु पखटोलमा नमूना आमा समुहद्धारा खुल्ला लोक दोहोरी प्रतियोगिता आयोजना

  • ८ पुष २०७६, मंगलवार
  • धिरन खत्री
  • 3344 पटक पढिएको

म्याग्दी, ८ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवती पखटोल ( खहरेखोला) मा कलासस्कृतिको संरक्षण गर्ने उद्देश्यले खुल्ला लोक दोहोरी प्रतियोगिता आयोजना गरिएको छ । नमूना आमासमुहको आयोजना चौतारी युवा क्लवको सहआयोजनामा नभप्रतिभाहरुलाई प्रोत्साहनसहित सम्मान र लोक दोहोरीको संरक्षण गर्ने उद्देश्यले पुष १५ गते सो प्रतियोागिता आयोजना गरिएको हो ।


गाउँमा लुकेर रहेको नभप्रतिभाहरुको प्रस्फुटन, गाउँको विकास भावनात्मक रुपमा एकता कायम र मौलिक कलासस्कृतिको संरक्षण तथा प्रवद्र्धनको लागि राष्ट्रिय कलाकारहरुको प्रस्तुती तथा खुल्ला लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको नमूना आमासमुहकी अध्यक्ष देवी केसीले बताईन् । पौष १५ गते हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकार कलाकार कुमार पुन, लक्ष्मी मल्ल, रवि कार्की, फौद कटुवाल, शोभा कार्की र बाल गायिक निशा भण्डारीको सांगितिक प्रस्तुती राखिएको छ ।  प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, दिप्तीय पुरस्कार १५ हजार र तृतिय पुरस्कार ७ हजार रहेको छ ।


गाउँको विकासमा युवा तथा महिलाको नेतृत्व विकास तथा स्वदेश तथा विदेशमा रहेका दाजुभाइ तथा दिदिबहिनीहरुलाई गाउँप्रतिको माया तथा सदभाव कायम गराउन आमासमुह, क्लव तथा टोलसुधार समितिको सक्रियतामा प्रतियोागिता आयोजना गरिएको दिपक खत्रीले बताए ।

आयोजित कार्यक्रम आगामी बर्षमा निरन्तरता दिदै नेपालकै सर्वाधिक राशिको पुरस्कार रहेको लोक दोहोरी प्रतियोगितामा आयोजना गरिने आयोजकले बताएका छन् । आगामी बर्षमा हुने कार्यक्रमको उद्देश्य गाउँमा रहेका निर्वाहमुखी खेती र बेरोजगार रहेका युवा दाजुभाई तथा दिदिबहिनीलाई ब्यवसायिक खेतीतर्फ आकर्षित गर्दै आमासमुह, क्लव र टोलसुधार समितिले गाउँबाटै भएको आम्दानीबाट कार्यक्रम आयोजना गरिने योजना राखेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l