कतारमा राष्ट्रिय कलाकारसँग भेटघाट तथा सम्मान

  • ६ पुष २०७६, आईतवार
  • 3147 पटक पढिएको

तिलु शर्मा पौडेल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कतार शाखाले राष्ट्रिय कलाकारसँग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।गोरखा सेवा समाज कतारको १६ औ वार्षिकोत्सवको अवसरमा सॉगितिक प्रस्तुति दिन कतार आएका लोक तथा दोहोरी गायक रविन लामिछाने र गायिका देवी आले मगर सम्मानित भएका हुन । सनिबार सॉझ प्रतिष्ठान कतार शाखाका अध्यक्ष शक्ति क्षेत्रीको सभापतित्व तथा प्रतिष्ठानका केन्द्रीय सदस्य दुर्गा पङ्गेनीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गोरखा सेवा समाजका कार्यवाहक अध्यक्ष रामजी खत्री, प्रतिष्ठान कतार शाखाका प्रमुख सल्लाहकार प्रभात त्रिपाठी, सल्लाहकार मङ्गल विक लगायतका विशिष्ट अतिथि रहेका थिए । शिवराम ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रममा बोल्दै त्रिपाठीले नेपाली लोक गीत सङ्गीतको विकृति र यस्ले फैलाएको असर प्रति सबै लोकप्रेमि सचेत रहन आग्रह गरेका थिए । दोसल्ला र सम्मान पत्रले कलाकारद्दयलाई सम्मान गरिएको थियो ।

सम्मान ग्रहण पछि बोल्दै गायिका आलेले प्रवासमा पाएको मायाले आफू उत्साहित भएको बताउँदै कतार शाखालाई धन्यवाद प्रकट गरिन । इन्जिनियर बन्ने लक्ष्य लिएर राजधानी भित्रिए पनि समयले आफूलाई गायक बनाएको बताउँदै कलाकारका लागि अहिले युटुप राम्रो प्लेटफर्म बने पनि छाडा दोहोरी गाएर रातारात हिट होईन्छ भन्ने भ्रमले दोहोरी फोहोरी पारेको गायक लामिछानेको भनाई थियो । प्रत्यक्ष दोहोरी सङ्घको संयोजकको जिम्मेवारी आफ्नो काँधमा रहेको हुदॉ दोहोरी भित्रको फोहोरी रोक्न आफु प्रतिबद्ध भएर लाग्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पंगेनिले कतार शाखालाई परेको असहजता शाखाको कमजोरी हैन परिस्थितिले परेको स्मरण गर्दै उक्त परिस्थितिका बारेमा केन्द्रले महाधिवेशनमा नबुझ्दा दुख लागेको बताए । कार्यक्रमको समापन गर्दै सभापति क्षेत्रीले कलाकारहरूको उज्ज्वल भविष्यको कामना गर्दै उपस्थितलाई धन्यवाद दिएका थिए ।