रघुगंगा विद्यार्थी मञ्चको प्रथम कार्यसमिती चयन, दिगो विकासको गुरुयोजना निमार्णका लागी १००० जना १००० रूपैयाँ अभियान ।

  • २९ मंसिर २०७६, आईतवार
  • 2513 पटक पढिएको

सागर भण्डारी, म्याग्दी ।
म्याग्दीको रघुगंगा गाउँपालिका भित्रका विद्यार्थीहरुको साँझा संगठन रघुगंगा विद्यार्थी मञ्चको प्रथम कार्य समिती चयन भएको छ । मञ्चको तदर्थ समिती सहित सदस्यहरुको २०७६/०८/२८ गते बसेको भेलाले सागर खत्रीको नेतृत्वमा ११ सदस्यीय प्रथम कार्य समिती चयन गरेको छ ।

 मञ्चको सम्पर्क कार्यलय बेनीमा बसेको सम्मेलनले निम्न अनुसारको कार्यसमिती गठन गरेको छ ।
अध्यक्ष–सागर खत्री (राखुभगवती)
उपाध्यक्ष–राजु छन्त्याल (पाखापानी)
सचिब–शान्ती थजाली (झिं)
सह–सचिव–सुनिता पुन (चिमखोला)
कोषाध्यक्ष–प्रिती परियार (राखुपिप्ले)
सदस्यहरुः
सुनिल विक (बेगखोला)
लक्ष्मण शर्मा (राखुभगवती)
विवेक चन्द ठकुरी (राखुपिप्ले)
निरा गर्बुजा (दग्नाम)
विमला थजाली (झिं)
सविता विक (कुईनेमङ्गले)

साथै गत मंसिर १४ गतेको घोषणा गरेको रघुगंगा सामाजीक अध्ययन अनुसन्धान कार्यक्रमको प्रस्तावना पत्र कार्यक्रम संयोजक अनुरोध रिजालले प्रस्तुत गरेका थिए । करिव ५५ लाख ३६ हजार रुपैयाँ लागत अनुमान गरेको कार्यक्रको संचालनका लागी १००० जना १००० रुपैयाँ कार्यक्रम घोषणा गरेको छ । साथै स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार, म्याग्दी प्रवासी संघ(मोना) लगायतका दातृ निकाय सँगको सहकार्यमा यो कार्यक्रम समापन हुनेछ ।

रघुगंगा गाउँपालिकाको समयसापेक्ष, समाबेशी र दिगो विकासको लागी गुरुयोजना तयार गर्ने कार्यक्रमको लक्ष्य रहेको मञ्चका अध्यक्ष सागर खत्रीले बताउनु भयो । उहाँले थप्नुभयो, रघुगंगा गाउँपालिकाको युवापुस्ताले खोजेको विकास के हो र कसरी लक्ष्य हासिल गर्न सकिन्छ भन्ने प्रतिबेदन सहित विकासको ५ बर्षे, १० बर्षे र १५ बर्षे गुरुयोजना निमार्ण गर्नेछौ ।


म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत रघुगंगा गाउँपालिकाको समाजशास्त्रहरुको विद्यार्थीको नेतृत्वमा यो कार्यक्रम संचालन गर्ने निर्णय गरेका छौ । नेपालमै पहिलो पटक स्थानीय तहको विकासको गुरुयोजना स्थानीय विद्यार्थीको अग्रसरमा बनाउदै छौ । यो कार्यक्रमले संघियताको मर्म स्पस्ट रुपमा प्रयोग गर्नेछ, कार्यक्रम संयोजक अनुरोध रिजालले थप्नुभयो ।