जनसम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष केसीद्धारा छोरा र भाईको जन्मदिनको खर्च अपांगता भएका घिमिरेलाई सहयोग

  • २२ मंसिर २०७६, आईतवार
  • 3934 पटक पढिएको

म्याग्दी २२ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल पोर्तुगलमा रहनुभएका ओकिल केसी(खत्री)ले आफ्नो छोरा र भाईको जन्मदिनको अवसरमा अपांगता भएका कृष्णबहादुर घिमिरेलाई सहयोग गर्नुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्तुगलको बरिष्ट उपाध्यक्ष समेत रहनुभएका केसीले छोरा अप्सन र भाई किसोरको जन्मदिनको अवसरमा बेनी नगरपालिका–२ ज्यामरुकोट, आम्बोटका अपांगता भएका कृष्णबहादुर घिमिरेलाई रु १० हजार सहयोग गर्नुभएको हो ।

बाँसको बोटबाट खसेर विगत १६ बर्षदेखि अपांगता हुनुभएका घिमिरेको सहज जिवनयापनमा सहयोग पुगोस भन्ने उदेश्यले छोरा र भाईको जन्मदिनको अवसरमा फजुल खर्च कटौती गरि सहयोग गरेको सहयोगदाता केसीले बताउनुभयो । सो सहयोग रकम सहयोगदाता केसीको बुबा इन्द्रबहादुर खत्रीले अपांगता भएका घिमिरेलाई उहाँ बसोबास गर्दै आउनुभएका बेनी स्थित मंगलघाटमै पुगेर हस्तान्तरण गर्नुभएको छ । पोर्तुगलमा रोजगारदाता कम्पनी सञ्चालन गर्दै आउनुभएका केसीले यसअघि पनि विभिन्न सामाजिक कार्यहरुमा आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

जन्मदिनको अवसरमा हुने खर्चलाई आफ्नो जिवनयापनको लागि सहयोग गरेकोमा पिडित घिमिरेले सहयोगदाता केसीलाई धन्यबाद ज्ञापन गर्नुभएको छ । कम्मरदेखि तलको शरीर नचल्ने भएपछि अपांगता हुनुभएका ३७ बर्षिय घिमिरेको दुई छोरा र श्रीमती हुनुहुन्छ । घरपरिवारको बलियो आर्थिक स्रोत नहुँदा छोराहरुको पढाई र घरखर्च चलाउन कठिनाई आईपरेको घिमिरेको भनाई छ ।