ब्यवसायिक लोक्कल कुखुरा पालनमा युवा (फोटोफिचर)

  • २० मंसिर २०७६, शुक्रबार
  • धिरन खत्री
  • 5438 पटक पढिएको

धिरन खत्री, 
म्याग्दी, २० मंसिर । पछिल्लो युवा पुस्ताहरु स्थानीय स्रोतसाधनलाई प्रयोग गर्दै ब्यवसायीक आम्दानी गर्नतर्फ आकर्षित भएका छन् । यस्तै जिल्लाको बेनी नगरपालिका– १ हुलाके खवरास्थित २५ बर्षि ईश्वर केसीले घरवरिपरि रहेको पुस्तौदेखिको जग्गामा हुदै आएको निर्वाहमुखी खेतीलाई विस्थतापित गर्दै ब्यवसायिक रुपमा लोक्कल कुखुरा पालन गर्दै आएका छन् ।


गाउँघरको जग्गा बाँझो जोडेर लाखौ रुपैया खर्च गर्दै विदेश जाने युवाहरु समाजमा लर्को लागेका छन् । तर केसीले विगत चार बर्षदेखि केसी पोल्ट्री फार्म संचालन गर्दै लोक्कल कुखरा संरक्षण तथा उत्पादनमा जोड दिएका छन् ।ब्यवसायिक रुपमा १२० भन्दा बढी स्थानीय जातका लोक्कल कुखरासंगै टर्की, लौकाड र अन्डा उत्पादन गर्ने लियर्स कुखरा समेत पालेका छन् । उनले उत्पादन गरेको कुखुरा, चल्ला र अन्डा विक्रिको लागि बजारको समस्या छैन् । लोक्कल कुखुरा पालनमा आकर्षण र खान कुखुरा स्वादिलो भएपछि ग्राहकहरु घरमै आउने गरेको केसीले बताए ।


उनले फार्ममा लोक्कलसंगै १० ओटा टर्की, ६ ओटा लौकाड र अण्डा उत्पादन गर्ने ७ सय लिर्यस कुखुरा पाल्दै आएका छन् । उनले लोक्कल कुखुराका चल्ला, लौकाड र टर्कीका सल्ला उत्पादन गर्दै विक्रि गर्दछन् ।कुखुरापालनमा भएको लगानी र घरखर्च फार्ममा भएको आम्दानीले सहज गराएको बताए । यसलाई ब्यवसायिक रुपमा लोक्कल कुखुराको उत्पादन बढाउन आवश्यक पुर्वाधार थपमा लागेका छन् ।


स्थानीय रुपमा उत्पादन गरिएका लोक्कल कुखुराको स्वाद ग्रामिण भेगमा संचालित होमस्टेमा पुग्ने पर्यटकलाई चखाउन तथा रैथाने कुखुरा संरक्षण तथा बृद्धिमा स्थानीय सरकारले आवश्यक तालिम ब्यवस्थापनमा साचो दिनुपर्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l