रिजालहरुको कुलपुजाको अवसरमा लिंगपुराण आयोजना

  • १८ मंसिर २०७६, बुधबार
  • 4099 पटक पढिएको

म्याग्दी १८ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको राखु भगवती स्थित ढाँणपानीमा कुल पुजा गर्दै आएका रिजालबन्धुहरुले यस बर्ष लिंगपुराण गर्ने भएका छन् । बलिप्रथालाई हटाएर पुराण आयोजना गरि कुला पुजा गर्न थालेका रिजाल समुदायले यस बर्षको कुलपुजाको अवसरमा लिंगपुराण आयोजना गरेका हुन् ।

मंसिर २० गतेदेखि सुरु हुने पुराण २६ गतेसम्म सञ्चालन हुने स्थानीय खिमनाथ रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार, पण्डित दिपक पौडेलको कथाबाचन सहितको प्रवचन रहने सो अवसरमा बटुकहरुद्धारा लक्ष्यहवन समेत गरिनेछ । पुराणमा सहभागिताको लागि छरिएर रहेका रिजालबन्धुहरुलाई अनुरोध समेत गरिएको रिजालले जानकारी दिनुभयो ।

ढाँडपानीमा कुलमन्दिर समेत निर्माण गरेका रिजालबन्धुहरुले २०६२ सालदेखि हरेक बर्ष कुलपुजाको अवसरमा पुराण आयोजना गर्दै आएका छन् । १४ औँ पुराणको रुपमा लिंगपुराण आयोजना गरेका रिजालबन्धुहरुले १८ पुराण नै सम्पन्न गर्ने लक्ष्य सहित हरेक बर्ष फरक फरक पुराणको आयोजनाको गर्दै आएका हुन् ।