बालाचतुर्दशी मेलाः पुरुष भलिबलमा गलेश्वर युवा क्लब बिजयी (फोटो फिचर)

  • १७ मंसिर २०७६, मंगलवार
  • 2248 पटक पढिएको

म्याग्दी १७ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा बालाचतुर्दशी पर्वको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगितामा आयोजक गलेश्वर शिव युवा क्लब नै बिजयी भएको छ । मंगलवार भएको फाईनल खेलमा हरिचौर बागलुङको टीमलाई सोझो तीन सेटमा हराउँदै आयोजक बिजयी हुन सफल भएको हो ।

गत बर्षको पुरुष भलिबलमा गलेश्वरलाई फाइनलमा हराउँदै हरिचौर बिजयी हुन सफल भएको थियो । प्रतियोगितामा बिजेता र उपबिजेतालाई क्रमश नगद रु ८५ हजार र ४५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । त्यसैगरि मेलामा आयोजित पुरुष बास्केटबल प्रतियोगितामा बिजेता बन्न सफल रघुगंगा गाउँपालिका–४ दरमिजा र उपबिजेता वडा नम्बर ३ पिप्लेको टीमलाई क्रमश नगद रु ५५ हजार र ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।

मेलामा आयोजित ३६ बर्षमाथिका पौढ पुरुष भलिबलमा कालिगण्डकी बाबा समुह तिप्ल्याङलाई पराजीत गर्दै कुस्मा पर्वत बिजयी हुन सफल भएको छ । पौढतर्फ बिजेता र उपबिजेतालाई क्रमशः नगद रु ३० हजार र १५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।

त्यस्तै महिला भलिबल तर्फ फाईनलमा माउण्ट एभरेष्टलाई पराजित गर्दै अर्चलबोट भलिबल टे«निङ सेन्टर पोखरा बिजयी हुन सफल भएको छ । महिला भलिबलमा बिजेता र उपबिजेतालाई क्रमशः नगद रु ३५ हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक प्रकाश कुमार माझी, गलेश्वर शिव युवा क्लबका अध्यक्ष कुलप्रसाद गर्वुजा, मेला संयोजक रमेश पुर्जा लगायतले बिजेता र उपबिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए भने कार्यक्रमको सञ्चालन टिका पुर्जाले गरेका थिए ।