मेस्सीले जिते छैटौँ पटक बालोन डि’ओर अवार्ड जिते

  • १७ मंसिर २०७६, मंगलवार
  • 1859 पटक पढिएको

म्याग्दी, १७ मंसिर । विश्वचर्चित फुटवल खेलाडी लियोनल मेस्सीले छैटौं पटब बालोन डि’ओर अवार्ड जितेका छन् । अर्जे्न्टिना तथा स्पेनिस बार्सिलोनाका कप्तान मेस्सीले छैटौं पटक बालोन डि’ओरको उपाधि जितेका हुन् ।फ्रान्स फुटबल प्रदान गर्ने बालोन डी‘ओर अवार्ड छैटौं पटक जित्दै इतिहास रच्ने क्रममा भर्जिल भान डाइक र पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका थिए ।

मेस्सीसँगै डाइक र रोनाल्डो प्रमुख दाबेदार थिए । भान डाइक सन् २०१८ को च्याम्पियन्स लिगका विजेता हुन् । उनले यसै अगस्टमा ‘यूइएफए प्लेयर अफ दि इयर’ को अवार्ड हात पारेका थिए ।मेस्सी अघिल्लो सिजन ला लिगा विजेता हुन् । गत सिजनमा उनी च्याम्पियन्स लिगका सर्वा्धिक गोलकर्ता बनेका थिए ।