सिङगापुर जापान स्विजरल्याडको सपना ? स्वदेशमा रहेका सम्भावना उजागर हाेला ?

  • १० मंसिर २०७६, मंगलवार
  • 4146 पटक पढिएको

(तिलक भण्डारी) कमल  ।

हामी युवाहरू लगभग असी लाख हारहारी बैदेशिक रोजगारमा बिश्वका बिभिन्न देशमा कार्यरत छाैँ । युवाको महत्वपृर्ण भुमिका आफनो देशको लागी के आबश्यकता छ भन्ने बिषयमा अहिले सम्म कहिकतै छलफलको बिषय भएको देखिदैन त्यसकारण हामी युवाहरू एकताको संजालमा बाधिएर देशलाइ कार्यलपटल गर्न सक्ने सोच र खोज भिजन मिसन बनाउनु आजको आबश्यकता हो । बैदेशिक रोजगारमा भएका जनसक्तिलाइ स्वदेशमा प्रयोग गर्ने हो भने हामी सिङगापुर जापान स्विजरल्याडको सपना हाम्रो देश नेपाल बन्नेछ । हामीसग भएका प्रकृतिले दिएका महत्वपृर्ण चिजहरू हाम्रो देश नेपालमा नै उपल्बध छ ।

जस्तै खनिज ,जलस्रोत, पर्यटन जडबुटि, कृषि यस्तै अन्य धेरै साधान स्रोत छन । हामीले हामीसग भएका साधान स्रोतलाइ प्रयोगमा मात्र ल्याउने हो भने मात्र हामीले अब आउने भाबि पुस्तालाइ स्वदेशमा रोजगारी ग्यारेन्टि पनि हुन्छ देश पनि समृद र सुखि नेपालीको परिकल्पना गर्न सकिन्छ । आज देशमा संघियता लागु भइसकेको छ । सततर जिल्लालाइ सात प्रदेश र सात सय त्रिपन स्थानियतहमा कार्यन्वयन भइसकेको छ ।

अब हामी युवाहरूको भुमिका भनेको हाम्रो प्रदेश र जिल्लामा बिभाजन भएका नगरपालिका र गाँउपालिकालाइ कसरी समृद बनाउने भने परिकल्पना आजको अतिनै महत्वपुर्ण बिषय बनाउनुपर्छ। अहिले म्याग्दी जिल्लालाइ एक नगरपालिका र पाचँ गाउँपालिकामा बिभाजन गरीएको छ । अबको हामी सबैको लक्ष्य भनेको हामी कसरी समृद बनाउन सकिन्छ भने बिषयमा गहन अध्यन गरी अगाडी बढने प्रयत्न गनुपर्छ । म्याग्दी जिल्लामा भएका र प्रकृतिले दिएका स्रोत साधनलाइ प्रयोग ल्याउने हो भने हामी बैदेशिक रोजगारीको अन्त्य गर्न सकिन्छ ।

हाम्रो जिल्लामा भएको कृषि पर्यटन जडिबुटिलाइ बैज्ञानिक तरिकाले संचालमा ल्याउने हो भने म्याग्दी जिल्लाबाशि युवाहरू बेरोजगारी भएर बस्ने र रोजगारीको लागी प्रवास जाने दिनको अन्त्य गर्न सकिन्छ । हाम्रो देशको २०६८ को जनगणना अनुसार म्याग्दीमा जम्मा एक लाख चैध हजार जनसख्या भएको देखिन्छ । यो सानो जनसख्या र प्रकृतिले दिएको भरिपुर्ण साधन स्रोत प्रयोगमा ल्याउने हो भने हामी रोजगारीको लागी बैदेशिक यात्रा गर्ने दिनको अन्त्य गर्न सकिन्छ । बेरोजागारीलाइ अन्त्य गर्ने अबधारणा बनाउन सके छिटो नै कार्यन्वयन गर्ने प्रयत्न गर्रो यो नै आजको आबश्यकता र भाबि पुस्ताको स्विजरल्याड बन्ने छ।