स्थानीय निर्वाचनमा हाम्रो लाई होइन राम्रोलाई छानौ

  • २७ बैशाख २०७४, बुधबार
  • 3997 पटक पढिएको

धिरन खत्री । मान्छे कस्तुरी जस्तै भयो भने देश कहिल्यै पनि बन्दैन् । समृद्ध देशको लागि कुलमान जस्तै सपुतहरु बडा र गाउँपालिका र नगरपालिकामा छनोट गर्ने दिन आएको छ । आसन्न बैशाख ३१ गते हुने चुनावमा  जनताले भोटलाई आफ्नो र समाजको भविष्य हो भन्ने दिन आएको छ ।सुगन्धमा भौतारिएको कस्तुरी होईन जनता अब आफै भित्र भएको सुगन्ध थाहा पाउने कस्तुरी बन्ने दिन आएको छ ।
देश विकासमा युवाहरुको भुमिका महत्वपुर्ण हुन्छ । त्यस्तैले युवाहरु देशको मेरुदण्ड  भनिएको हो । साथिहरु कसैप्रति विश्वास नगर्नु होला यदी विश्वास गर्नु हुन्छ आफैलाई गर्नुस । यदी समृद्ध देश बनाउने क्षमता छ  भने । जनतामा असिमित आवश्यकता हाम्रै समाजमा भएको सिमित स्रोत साधनबाट पुरा गर्न सकिन्छ । हाम्रो भोट हाम्रो भविष्य  र समृद्ध  समाज र नेपालको मेरुदण्ड हो भन्ने सबैमा भयो भने ।
भोटलाई हाम्रो ब्यक्ति होईन समाज बनाउने राम्रो ब्यक्तिलाई हाल्ने दिन आएको छ। यदी समृद्ध भएको हेर्न चाहनुहन्छ भने आफै प्रति हेनुहोस, आफुप्रति भएको विश्वासले नै संसार जित्न सकिन्छ । संसार जित्न खोज्नुभाछ भने आफ्नो  समाजलाई परिर्वतन गर्नुपर्छ । त्यसैले सरकार केन्द्रमा होइन समाजमा आएको छ । समाज बनाउन समाजमा  भएका क्षमतावान ब्यक्तिलाई समाजले छान्ने दिन आएको छ । यदि त्यस्ता ब्यतिmलाई भुल्नुभयो भने तिनिहरु प्रदेशको सिकार हुनेछन् । तिनिहरुले विदेश मरुभुमिमा  सुन्दर बगैचा निर्माण गर्न पुग्ने छन् ।पैसाले समाज विकास हुदैन, समाज विकास गर्न देशमा भएको स्रोतसाधन परिचालन गर्ने धुर्मुस सुन्तली जस्तै युवा युवती आवश्यक पर्छ।
देशमा कुनै पाटी र नेता समृद्धको मेरुदण्ड होईन, समृद्धको मेरुदण्ड जनता हो । यदी देशको कानुन भन्दा माथि भएर देश चलाउन खोज्छ, स्थानीय निर्वाचनमा जित्न लागि पैसा खर्च गरेर नेतृत्व लिने दिन गएको छ । देशको कानुन माथि भएका दल र नेतालाइ हराउने दिन जनता देशको कानुन बन्ने दिन आएको छ ।  देशको कानुन मिचेर सरकार बन्नेका नेताका लागि मूल्याकंन  रुपमा जनता बैशाख ३१ गतेको चुनावमा कानुन बनेर अधिकार प्रयोग गर्दै छन् ।

स्थानीय निर्वाचनमा लक्षित भएर विभिन्न दलमा आवद्ध नेता कार्यकता  साथिहरुको फेसबुक स्टाटस्ले के बताउछ भने उनिहरु एकअर्काप्रति आलोचनात्मक तरिकाबाट प्रस्तुत भएका छन् । सामाजिक सन्जालहरुमा भ्रमको खेति फैलिरहेको छ ।  हामी जे रोप्छौ त्यही पाउछौ, धान रोपेर कोदोका आस नगरौ । कतै भ्रमको खेतीले देशमा स्थानीय निर्वाचनमा कतै बालुवामा पानी हाले जस्तै हुने त हैन । यदी आफ्नै पालोमा समाज  र राष्ट्र समृद्ध भएको हेर्न चाहनु हन्छ भने  बैशाख ३१ गते  स्थानीय निर्वाचनमा दिर्घकालिन योजना र भिजन भएको व्यतिmलाई मतदान गरेर आफ्नो एक भोटको सदुप्रयोग गर्नुहोस् ।
अन्तमा, राजनीति फोहोरी खेल होईन, देशको कानुनमा रहेर गर्ने हो भने राजनीति सभ्यताको प्रतिक पनि हो । त्यसैले भविष्यमा राजनीतिलाई देश निर्माणको मेरुदण्ड हो भन्ने बनाउन अहिलेको  स्थानीय निर्वाचनबाट भोटको महत्व चिन्ने दिन हाम्रो काखमा आएको छ । भाई फुटे गवार लुटे भन्ने प्रवृति विकास नहोस ।