ठेकेदारको लापरबाहीले बेनी–जोमसोम सडक स्तरोन्नती अलपत्र

  • २ मंसिर २०७६, सोमबार
  • धिरन खत्री
  • 2589 पटक पढिएको

 

धिरन खत्री /म्याग्दी ०२ मंसिर । ठेकेदारको लापरबाहीले ७६ किलोमिटर बेनी– जोमसोम सडक स्तरोन्नती अलपत्र भएको छ । पर्यटकिय र ब्यापारिक केन्द्रको राष्ट्रिय गौरवको आयोजना रहेको कालिगण्डकी करिडोर अन्तर्गत बेनी– जोमसोम सडक आयोजना निर्माणमा ठेकेदारको लापरबाहीले अलपत्र परेको हो ।

रािष्ट्रय संगै गण्डकी प्रदेशको ्“लाईफ लाईन” मानिएको ४३५ किलोमिटर दुरीको त्रिवेणी–कोरला जोड्ने कालीगण्डकी कोरीडोर सडक योजनामा पुर्वाधार निर्माणमा ढिलासुस्तीले समयमा काम सम्पन्न नहुने देखिएको छ । करिडोर पाँच अर्ब रुपैयाको लागतमा म्याग्दीको बेनी देखि मुस्ताङको जोमसोम हुदै चिनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर दुरीको सडक स्तरोन्नतीमा ढिलासुस्ती भएको प्रतिनिधि सभा सदस्य मुस्ताङका प्रेमप्रसाद तुलाचनले बताए । खरिद पक्रियामा देखिएको मतभेदले ठेकदारले बेनी जोमसोम र जोमसोम कोरला सडकमा निर्माणमा ढिलासुस्ती भएको छ । जोमसोमदेखि उत्तरतर्फ अवस्थित कोरला नाकामा सहज रुपमा यातायातको पहुँच पु¥याउन ७ वटा प्याकेजमा दुई लेनको ग्राभेल सडक निर्माण भइरहेका सांसद तुलाचनले बताए ।

गण्डकी प्रदेशको गौरवको आयोजना २०७७ मंसिरसम्म सम्पन्न गर्नुपर्ने बेनी जोमसोम सडक अन्तर्गत गलेश्वर देखि नारच्याङका सडक निर्माणको ठेक्का लिएको युनाईटेड विल्डरले दशै तिहारपछि कुनै पनि काम साइडमा गरेको छैन् । समयमै काम सम्पन्न गर्नका लागि सडक निर्माणमा आवश्यक मेशिनरी साधनहरु, श्रमिक जनशक्ति लगाएका छैनन् ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले कालिगण्डकी करिडोर आयोजना स्तरोन्नतीको काम शुन्य अवस्थामा रहेको छ। ठेकदारले काम नगर्ने अवस्थामा पुगेको बताउदै ठेकेदारलाई कारबाही गर्नुपर्ने बताए । बेनी जोमसोम सडक ढिलासुस्ती गर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याउन संचारमाध्यमले दवाव सिर्जना गर्नुपर्ने बताए ।

जोमसोम देखि कोरला सम्मको सडकलाई दुई लेनको ग्राभेल र बेनी–जोमसोम सडकलाई दुई लेनको कालोपत्रे गर्ने योजना २०७७ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य छ । ११ वटा खण्डमा बिभाजन गरिएको सडक योजनामा परिचालीत निर्माण कम्पनीले मोटरेपुल निर्माण लगायतको पुर्वाधार निर्माणमा ढिलासुस्ती गरेका छन् । सडक निर्माणमा गुणस्तर भन्दापनि जथाभावि मेसिनरी सामानहरु प्रयोग गरेर कमाउने शैली मात्र प्रयोग भएको थियो ।

त्यस्तै गण्डकी प्रदेशका सांसद विनोद केसीले बजेट अभावले राष्ट्रिय, प्रदेश र जिल्लाका विकास आयोजनाहरु ढिलासुस्ती नभएको बताउदै निर्माण ब्यवसायीको लापरबाहीले बेनी–जोमसोम लगायतका ठुला आयोजनाहरु ढिलासुस्ती तथा अलपत्र अवस्थामा छन् । अलपत्र छोड्ने निर्माण ब्यवसायीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।

सडक निर्माण निस्केको ढुङ्गा र माटो जथाभावि फाल्नाल, जोखिमयुक्त ठाउँमा पुल समयमा नबन्दा हिमालपारीको जिल्ला जाने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्नुपरेको छ । कालीगण्डकी कोरिडोर सडकको स्तरोन्नती समयमा सम्पन्न गरेर प्रदेशको समृद्धिको यात्रालाई टेवा पूग्ने आश गरिएपनि ठेकेदारको बेवास्ता, सरोकारवालाको कडा निगरानी नहुनु र कानुनी कारबाही निर्माण ब्यवसायिलाई नगर्दा कालिगण्डकी कोरीडोर सडक योजना अलपत्र अवस्थामा पुग्ने देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l