मिडिया सोसाइटी अवार्ड आचार्यलाई

  • ३० कार्तिक २०७६, शनिबार
  • धिरन खत्री
  • 3375 पटक पढिएको

म्याग्दी, ३० कात्तिक । म्याग्दीका क्रियाशिल पत्रकार ठाकुरप्रसाद आचार्य मिडिया सोसाईटी अवार्डबाट पुरस्कृत भएका छन् । म्याग्दी मिडिया सोसाईटीको तेस्रो साधारण सभाको अवसरमा सो अवार्डद्धारा आचार्यलाई पुरस्कृत गरिएको हो ।

सोसाईटीले हरेक बर्ष प्रदान गरिने अवार्ड जिल्लामा रहेका संचारमाध्यममा एक दशक भन्दा बढी समयसम्म क्रियाशिल रहेका उतकृष्ट पत्रकारलाई प्रदान गर्ने सो अवार्ड यस पटक आचार्यलाई प्रदान गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विनोद केसी र संस्थाका अध्यक्ष कमल खत्रीद्धारा सम्मानपत्र, दोषल्ला र ६हजार ५०० रुपैयासहित आचार्यलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा म्याग्दी मिडिया सोसाइटीले स्थानीय तहसंगको सहकार्यमा संचालन गरिएको आधारभूत पत्रकारिता तालिममा भाग लिएर ग्रामिण क्षेत्रमा रहेर पनि संचार क्षेत्रमा क्रियाशिल रहेका दुई जना ब्यक्तिलाई समेत प्रोत्साहन सम्मान गरिएको हो । सम्मान हुनेमा अन्नपुर्ण गाउँपालिका –५ शिखका सेते तिलिजा मगर र रघुगंगा गाँउपालिका–१ बेगका दलप्रसाद तिलिजालाई नगद एकहजारसहित सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।

सोसाइटीका कोषाध्यक्ष समेत रहेका आचार्य नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हुन् । उनी बेनीबाट प्रकाशित हुने नवविकल्प साप्ताहिकका प्रकाशक र सम्पादक हुन । भने गोरखा पत्र दैनिनका म्याग्दी संवाददाता रहेका छन् ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l