सिंगा तातोपानीमा होटल हटस्प्रीङ्गको शिलान्यास

  • २८ कार्तिक २०७६, बिहीबार
  • 2145 पटक पढिएको

म्याग्दी, २८ कात्तिक । बेनी नगरपालिका–४ सिंगा तातोपानी बजारमा आइडिसिसहित १५ करोड लगानीमा निर्माण हुने होटल हटस्प्रीङ्गको शिलन्यास गरिएको छ । होटल श्रेष्ठ हटस्प्रीङ्ग प्रालीको लगानीमा १८ महिना सम्पन्न गर्ने लक्षसहित निर्माण गर्न लागिएको होटलको शिलान्यास बेनी नगपालिका– ४ का वडाअध्यक्ष गोविन्द्र पौडेलले गरेका हुन् ।


प्रालीको अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष पौडेलले अत्याधुनिक सुविधासहितको होटल निर्माणले तातोपानी कुण्डमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खान बस्न सहज हुने बताए । तातोपानी कुण्डमा होटल विस्तारले गुणस्तर सेवामा सहयोग पुग्ने बताउदै तातोपानी कुण्डको पुर्वाधार निर्माणमा सबैले जोड दिन आग्रह गरे ।


शिलान्यास कार्यक्रममा नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ र नेपाली काग्रेसका उपसभापति माधवप्रसाद रेग्मीले अत्याधुनिक होटल सुविधाले जिल्लाको पर्यटन प्रवध्र्दनमा सहयोग पुग्नेमा जोड दिएका थिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनी, वडा ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कोषाध्यक्ष हरिकृष्ण गौतम, होटल ब्यवसायिक संघ म्याग्दीका अध्यक्ष बाबराम आचार्य शुभकामना मन्तव्य राखेका थिए । भने तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्य स्वागत मन्तव्य राखेका थिए ।
तातोपानी कुण्डमा पुर्वाधारसंगै देशका शिर्ष नेताको अवलोकनले पछिल्लो समय विरामी लगायत अन्य पर्यटकहरुहरुको चापले होटलहरु भरिभराउ छन् । भने चाप बढेसंगै सुविधासम्पन्न होटल निर्माणमा स्थानीयले लगानी बढाएका छन् ।