होटल सुविधाले मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

  • २६ कार्तिक २०७६, मंगलवार
  • धिरन खत्री
  • 2677 पटक पढिएको

धिरन खत्री
म्याग्दी, २६ कात्तिक । होटल सुविधाको विस्तारले हिमालपारीको जिल्ला मुस्ताङमा पुग्ने पर्यटकलाई सहज भएको छ । पर्यटकको आवागमन बढेपछि मुस्ताङ घुम्ने पर्यटकलाई लक्षित गरेर म्याग्दीको सदरमुकाम बेनी र भूरुङतातोपानी, घासाँ, लेते र जोमसोम छुसाङ र लोमाथाङका होटल विस्तार भएका छन् । पर्यटकहरुको चापले बेनीका ५० भन्दा बढी होटल र मुस्ताङका २ सय ८० वटा होटल तथा लजमध्ये अधिकांश होटल भरिएका छन् । पोखरा–जोमसोम हवाई र बेनी–जोमसोम सडक मार्ग भएर दैनिक तीन हजार जनाभन्दा बढी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्याल मूस्ताङले जानकारी दिएको छ । असोज–कात्तिक र फागुन–चैत–बैशाख महिना मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम मानिन्छ ।


पर्यटकहरुको संख्या बृद्धि हुदै गएपछि म्याग्दी लगायत मुस्ताङको घासाँ, लेते, मार्फा, स्याङ, ठिनि, जोमसोम, कागवेनी, छुसाङ, चैली, भेना, स्याङबोजेङ, स्याङगोचे, घमी, चराङ र लोमान्थाङ लगायतको बस्तीमा ५० लाख देखि २० करोडसम्म लगानी गरेर होटल संचालन गरेका छन् । भने स्थानीय उत्पादनलाई खपत गर्न सहज र रोजगारी सिर्जना भएको छ ।
पर्यटकको संख्या बृद्धिसंगै होटल विस्तार भएप्छि उपल्लो मुस्ताङमा होटल ब्यवसायी समिति गठन गरिएको छ । सो समितिमा ३० होटल एकीकृत गरिएको होटल ब्यवसायी समिति लोमान्थाङ कोषाध्यक्ष रामबहादुर गुरुङले बताए । उनले लोमाथाङमा १ करोड देखि २० करोडसम्म लगानी गरेर होटल संचालन गरिएको बताए । एकदिनमा आन्तरिक तथा बाह्य पर्यटकले १ हजार देखि १० हजारसम्म खर्च गर्न सक्ने होटल रहेको होटल ब्यवसायी गुरुङले बताए ।


उपल्लो मुस्ताङमा फ्रेन्स इटालियन, अमेरिकन यरोपियन देशका नागरिकहरु बढि आउने गरेको एक्याप कार्यालयका निमित प्रमुख श्रीकृष्ण न्यौपानेले बताए । १९९२मा लोमान्थाङमा अनुमति लिएर आउने पर्यटकहरुको सख्याँ ४३० रहेको थियो । भने २०१६ मा ३ हजार ९१८ जना, १७ मा ४ हजार ११५ जना, १८मा ३९४६ जना आएका थिए । यो बर्षपनि ४ हजारको संख्यामा विदेश पर्यटक आउने रामबहादुर गुरुङले बताए ।आन्तरिक पर्यटक पोखरादेखि हवाईमाग, गाडी तथा मोटरसाईकलबाट पर्यटक मुस्ताङ भित्रिएका छन् । कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएपछि उपल्लो मुस्ताङ जाने पर्यटकहरुको संख्या बृद्धि भएको छ ।


छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेट भन्ने ठाउँमा कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि जोमसोमदेखि लोमान्थाङसम्म सहजरूपमा सवारी साधन सञ्चालन हुन थालेको छुसाङका मुखिया विनोद गुरुङले बताए । करोड ७३ लाख ८८ हजार रुपैयाँमा ७७.२ मिटर लामो र ११ मिटर फराकिलो पुल बनेपछि देशका विभिन्न ठाउँबाट उपल्लो मुस्ताङ भ्रमणमा आउनेहरुको संख्या बढेको हो । पुल बनेपछि जोमसोमदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दा, आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ ।


सांसद प्रेमप्रसाद तुलाचनले पर्यटक लगायतका विभिन्न ब्यवसायलाई सहज बनाउन जोमसोम–कोरला खण्डको ११० किलोमिटर सडक सात प्याकेजमा स्तरोन्नतिसँगै विभिन्न ठाउँका खोलामा मोेटर चल्ने पुल बनाउने काम भइरहेको बताए ।
सडक, यातायातको सुविधा, छुट्टी र अनुकुल मौसमका कारण स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । माटोको सहर, हिमालको दृष्य, प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ, तिब्बती र थकाली कला संस्कृति, मुक्तिनाथ,स्याउ बारी, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोट अवलोकनका लागि मुस्ताङ प्रसिद्ध मानिन्छ । पछिल्लो समय युवायुवतीको मुख्य गन्तव्य मुस्ताङ बनेको छ । आन्तरिक पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि बाह्य पर्यटकभन्दा दोब्बर आउने गरेको अनुमान स्थानीय व्यवसायीको छ ।

मुस्ताङ र म्याग्दी घुम्न आउने पर्यटकलाई लक्षित गरेर बेनीमा पर्यटकहरुको लागि खान र बस्नको अभावन हुन नदिन होटलहरुविच समन्वय गरेर भित्रिएका पर्यटकलाई खान बस्नको सुविधा मिलाएको होटल ब्यवसायि समिति म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्यले बताए । सिंगा तातोपानी, भुरुङतातोपानीमा पनि विदेशी तथा स्वदेशी पर्यटक भरिभराउ रहेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l