रघुगंगाको शैक्षिक भबिश्यको यात्रामा रघुगंगा विद्यार्थी मञ्च

  • २५ कार्तिक २०७६, सोमबार
  • 4138 पटक पढिएको

सागरजंग बाघा
म्याग्दी २५ कात्तिक ।  गुरु कुल देखिनै समाज परिबर्तनका केन्द्रहरु स्कुलहरु नै रहे । प्रत्येक्ष परोक्ष समाज लाई आकार दिने काम बिद्यालय नै गरे । २०४५ साल ताका विद्यालयहरु स्थापना गर्ने लहर चल्यो र विद्यालय बनाउन एउटा पुस्ताले ठूलो बलिदान दियो । आज यो अकल्पनिय छ कि त्यो समय हाम्रा अग्रजहरुले महिनौ श्रम दान गरेर स्कुल स्थापना नगरेको भए आफ्ना जग्गा जमिन दान नगरेको भए हामी कस्ता हुन्थेउँ ! समाज कस्तो बन्थ्यो होला ? जुन पुस्ताले त्यो त्याग गरे उनिहरुले पढन पाएनन हामिहरुले पायौ । तिनै विद्यालयमा पढेका हामि आज कति ठूलो पदमा छौ ।

कति देश बिदेशमा छौ । यद्यपि हामिहरु धेरै जना स्कुल सिद्दाएपछी पुन स्कुल कम्पाउन्ड भित्र छिरेका छैना । सायद एक पटक पनि छिरेका छैनौ । बाहिर बाट देखिएका ठुला भबन र चम्किलो इनामेल देख्दा स्कुलहरु बनेछ्न भन्ने भान हामिहरु सबैलाइ हुन्छ । विद्यालय इट्टाको थुप्रो मात्र होइनन , बिद्यालय त एउटा बौद्धिक प्रकृया हो । भबन त बस बाह्य तत्वले सिकाइमा प्रभाब नपारोस भनेर बनाइएको भिताहरु मात्र हुन । भबन बन्नु र विद्यालय बन्नु अलग कुरा हुन । भबन त बने तर हामिहरुले पढेका विद्यालय कुन अवस्थामा छन् ? कैयौ विद्यार्थी आज पनि तिनै कक्षा मा पढछन तीनिहरु के पढिरहेका छन ? जे पढिरहेका छन के त्यसलाइ आजको समय मा शिक्षा भन्न मिल्छ ? हामिहरुले १० / १५ बर्ष अघि जुन बिषय र बिषयबस्तु पढ्यौँ, आज पनि हाम्रा विद्यालयमा तिनै बिषय र तिनै विषयबस्तु पढाइन्छ , शिक्षकहरुले पढाउने शैलीमा कुनै पृथकता छैन । शैक्षिक सामाग्रीमा कुनै अन्तर छैन, बस कालो पाटी सेतो भएको छ सेतो चक कालो मार्कर भएको छ ।

हामिहरु स्कुल पढदा रेडियो सुन्थेउँ मुबाइल कोहि सङ थिएनन । आज नर्सरीमा पढने बच्चा युटुब बाट मनपर्ने काटुन लगाउछ । हामिहरु स्कुल छदाँ रोबर्टको कन्सेप्ट भर्खर विश्व बजार मा आएको थियो । आज रोबर्ट सिफिया नेपाल आइसकिन । विश्व परिबेश यति परिबर्तित र बिज्ञान यति फराकिलो बनी सक्दा कसरी तिनै बिषय तिनै शैली र त्यस्तै विद्यालयले नया पुस्तालाइ मार्गदर्शन गर्न सक्छ्न ? त्यो शैक्षिक माहोलमा हुर्कियका हामी आजै त विश्व बजार मा बिकेनौ तिनै कक्षामा पढ्दै गरेको बच्चा अबको दस बर्ष पछिको परिबेशमा झन कसरी बाँच्लान ?  कृषि र बिज्ञान आज को मिति सम्म आइपुग्दा ल्याबमा मासु उत्पादन को परिक्षण सम्म पुगि सक्यो । माटो बिना गरिने खेती हाइड्रोफोनिक सफल भैसक्यो र ब्यवासयिक रुपमा नेपालमा पनि सुरु भै सक्यो । यो परिवेशमा हामिहरुले त्यही पुर्ब ब्यावासायिक शिक्षा अनि त्यही प्राङ्गारिक मल पढाउँछौ भने त्यो शिक्षा हुन सक्दैन यी विद्यालय हुन सक्दैनन ।

सन २०५० सम्ममा सडकहरु अउटोकार (आफै चल्ने कार )ले भरिने छन । त्यस पछि ड्राइभर को कुनै आवश्यकता रहने छैन । म म मेकर पिज्जा मेकर जस्ता मेसिन हरु बनिसकेका छन। तिनिहरुको व्यापक प्रयोग पछि कुकहरु को आवस्यकता रहने छैन । काठमाडौमा नै वएटरको सबै काम रोबर्ट ले गर्ने रेस्टुरेन्ट छ । अब वएटरहरु पनि आवस्यक पर्ने छैनन । न्युकिलिएर वएपन र बायोलोजीकल वएपन (भाइरस ) र ड्रोन जस्ता हतियार को आबिष्कार पछि सिमाना मा सैनिक पनि आवस्यक पर्ने छैनन् । कन्स्ट्रकसन र कृषिमा पनि मानिस को सट्टा सबै मेसिन प्रयोग हुन थालेका छ्न र सन २०५० सम्ममा कृषी र कन्स्ट्रक्सन का श्रमिक प्रतिस्थापन हुनेछ्न । तर ! हाम्रा विद्यालय हरु अझै पनि मार्कर र केरकार को पुरातन सिद्धान्तमा चलिरहेका छ्न ,शिक्षकहरुलाइ नयाँ शिक्षण शैली बारे अपडेट गराउन सकिएको छैन ।

नत शिक्षण शैली नै चक र टक भन्दा माथी उठन सकेका छन । नया शैक्षिक सामाग्री विद्यालयमा पुर्याउन सकिएको छैन । हाम्रा विद्यालय एक्काईसौ शताब्दी मा आएकै छैनन उन्नाइसौ शताब्दी मै अल्झिरहेका छन त्यसैले स्कुलहरुमा साइलेन्ट इमर्जेन्सी बजिरहेको भान हुन्छ । हामिहरुका विद्यालयहरु एउटा सिरियस र सिथिल अवस्थामा छ्न र स्कुलहरुलाइ पुर्नजागरण र पुर्नजिबित गर्नु हाम्रो पुस्ताको सबै भन्दा गहन समाजिक उत्तरदायित्व हो । हामिहरु यो उत्तरदायित्व लाई स्वीकार गरेका छौ र रघुगङगा विद्यार्थी मन्च नामक सस्थामा सगठित भएका छौ । बिगत दुई बर्ष सम्म अध्ययन प्रयोग वार्ता र बिमर्श सङै एउटा अभियान को सुरुवात गरेका छौ “डिजिटल रघुगङगा “ जस्ले पहिलो चरण मा रघुगङ्गगा गाउपालिका का सम्पुर्ण विद्यालयलाइ डिजिटल बनाउने लक्ष्य लिएको छ । जस्को माध्यम बाट शिक्षकहरुलाइ सुचना तथा जानकारिको व्यापक पहुँच संग जोडिने छ ।

कक्षा कोठाहरु अडियोभिडियो युक्त बनाइनेछ । शिक्षकहरु बिच आइडिया सेयरिङ र छलफल का लागि प्रयाप्त बाताबरण सृजना गरिने छ । एउटा शिक्षकले बनाएको सामाग्री सर्को शिक्षक सम्म सजिलै पुर्याइने छ । ईन्टरनेट को माध्यम बाट शिक्षा क्षेत्रका जानकार सबै स्थानिय बौद्धिक ब्यक्तिलाइ विद्यालय संग जोडिने छ । विद्यार्थीहरुलाइ कक्षा तीन बाटै कम्प्युटर शिक्षा प्रदान गरिने छ । साथै गुगल म्याप डिस्नेरी, गुगल ट्रास्लेसन , उइकिपिडिया जस्ता सिकाइ सामाग्री संग परिचीत गराइने छ र दृष्ठिकोण फराकिलो बनाउन बिज्ञान र खोजका अनेकै बिषयबस्तु प्रदान गरिने छ । सबै कक्षा कोठा अडियो भिडियो युक्त बनाइने छ र सबै विद्यालयमा ईन्टरनेट र आवश्यक परे इन्ट्रानेट पनि बिस्तार गरिने छ । यदि ईन्टरनेट र अडियो भिडियो युक्त कक्षा कोठा निर्माण गर्ने हो भने बहुकक्षा शिक्षण पनि सहज हुने छ । शिक्षक का लागि प्रयाप्त शैक्षिक सामाग्री उपलब्ध हुनेछन् ।

आवस्यक परे विद्यार्थी आफै आफ्नो विषय बस्तु बारे इन्टरनेट मा खोज्न सक्ने छ्न । साथै हाम्रो रघुगंगा विद्यार्थी मञ्चमा एउटा छुट्टै शिक्षा समिती निर्माण गरिनेछ । जस्मा देश बिदेशमा रहेका विभिन्न ब्यक्तिहरु बिच रहेका आइडिया योजना र बिचार लाई समेटेर प्रत्येक बर्ष एउटा रिपोर्ट तयार गरिने छ र तिनिहरुलाइ पुन ः गाउँपालिका र बिद्यालयसंग छलफल गरि कार्यान्वयन गरिनेछ । जस्को माध्यम बाट शिक्षा क्षेत्रका धेरै समस्या समधान गर्न सकिने छ । यो अभियान सार्थक तुल्याउन बौद्धिक , आर्थिक र बैचारिक रुपमा यस विद्यार्थी मञ्च संग जोडिनुहुन सम्पुर्ण रघुगंगाबासीहरुमा हार्दिक अपिल गर्दछौ । रघुगंगा विद्यार्थी मञ्च एउटा शैक्षिक क्रान्ति पर्खिरहेको छ ।

                    (लेखक रघुगंगा विद्यार्थी मञ्चका अध्यक्ष हुन् )