महारानी युवा क्लवले दिवंगत पुर्व अध्यक्ष र खेलाडीकोे सम्झनामा भलिबल आयोजना

  • ३ कार्तिक २०७६, आईतवार
  • 2893 पटक पढिएको

म्याग्दी, ३ कात्तिक । म्याग्दीको रघुगंगा गाउपालिका–३ रानीपौवामा महारानी युवा क्लवले स्व बुद्धिबहादुर मल्ल र राजेन्द्र कार्कीको सम्झनामा भलिबल प्रतियोगिता आयोजना गरेको छ ।असामयिक रुपमा दिवंगत भएका क्लवका पुर्व अध्यक्ष मल्ल र खेलाडी कार्कीको सम्झनामा शुभदिवालीको अवसरमा कात्तिक ६ गतेदेखि ८ गतेसम्म भलिबल प्रतियोगिता आयोजना गरिएको क्लवका संस्थापक अध्यक्ष देवराना मगरले बताए ।


साविक गाविसको वडास्तरिय रुपमा भलिबल प्रतियोगिता संचालन गरिने क्लवका सचिव दिनेश कार्कीले जानकारी दिए । प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार र दितृय पुरस्कार १५ हजार रुपैयासहित मेडल र प्रमाणपत्र रहेको सचिवले बताए । टिम दर्ता निःशुल्क रहेको बताए ।
दिवंगतद्धयको क्लवप्रतिको योगदानलाई सम्झना गर्दै प्रतियोगिता आयोजना गरिएको सचिव कार्कीको बताए । प्रतियोगिताबाट भएको आम्दानीबाट बचत भएको रकम बुद्धिबहादुर मल्ल र राजेन्द्र कार्कीको आधा÷आधा रकम परियारलाई हस्तान्तरण गरिने संस्थापक अध्यक्ष मगरले बताए ।
क्लवले विगत दिवंगत भएका खेलाडी दिपक गुरुङ र प्रताप कार्कीको सम्झनामा खेलकुद प्रतियोगिता संचालन गरेको थियो । पत्रकार भेटघाट कार्यक्रममा क्लवका भलिबल खेलाडी विनोद कार्कीको उपस्थित भएको थियो ।