शिखमा ९२ बर्षै बृद्धले गरे गोरटो बाटो पुर्ननिर्माण

  • ३ कार्तिक २०७६, आईतवार
  • 2881 पटक पढिएको

सेते तिलिजा पुन
म्याग्दी, ३ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ स्थित शिखका ९२ बर्षिय बृद्धले गोरेटे बाटो पुर्ननिर्माण गरेका छन् । पाखाभूमे जाने पदमार्ग हिड्नलाई अलि गाहारो भएको कारणले शिख गाउँकै ९२ बर्षिय भुवानसिङ पुर्जाले गोरेटो बाटो पुर्न निर्माण गरेका हुन् ।


ब्रिटिस सेनामा भर्ती भएका शिख उपल्लो गाउँका पुर्जासंग उमेर बढ्दै गएपनि जोस घटेको छैन् । साविक शिख वडा नं २,३,४,५, को ठाउँबाट पाखाभूमे थान जानका लागि बाटो अलिकति साघुँरो र अप्ठ्यारो भएको कारणले उनले त्यो पदमार्ग बनाउदै छन। गाउँमा काम छैन् भनेर बस्ने युवाहरुलाई गतिलो उदाहरण प्रस्तुत गर्दै गोरेटो बाटो निर्माणमा लागिरहेका छन् ।