चार स्थानीय तहमा नेकपा म्याग्दीको एकैदिन प्रशिक्षण

  • ३ कार्तिक २०७६, आईतवार
  • 1884 पटक पढिएको

म्याग्दी, ३ कात्तिक । नेपाल कम्युनिष्ट पाटी –नेकपा) म्याग्दीले चार स्थानीय तहमा अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा गरेको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानका साथै पार्टीका नीति निर्देशन, सरकारका काम र योजनालाई कार्यकर्ता माझ पु¥याउन अगुवा कार्यकता भेला गरेको हो ।

धवलागिरी गाउँपालिकाको ताकम, मालिकाको दरवाङ अन्नपुर्ण गाउँपालिकाको पोखरेबगर र बेनीमा अगुवा कार्यकर्ताको उपस्थितमा प्रशिक्षण नेताहरुले प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा नेताहरुले एकताको भावना अनुसार अन्तरघुलन भएर पार्टी गतिबिधिलाई अगाडी बढाउन, स्थानीय, प्रदेश र संघीय सरकारका योजना तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि पहलकदमी गर्न र पार्टी अनुशासनप्रति गम्भिर बन्न निर्देशन दिएका छन् ।

धौलागिरिको मुनामा प्रतिनिधि सभाका सदस्य एवम् नेकपा केन्द्रिय सदस्य भुपेन्द्रबहादुर थापा र प्रदेश कमिटि सदस्य खुमबहादुर बानियाँ, अन्नपुर्णको पोखरेबगरमा नेकपा प्रदेश सदस्य र गण्डकी प्रदेश सांसद विनोद केसी, जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसी, मालिका गाउँपालिकको दरवाङमा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द्र पौडेल र नेकपा गण्डकी प्रदेश सदस्य नवराज शर्माले अगुवा कार्यकतालाई प्रशिक्षण दिएका थिए ।


नेकपा बेनी नगर कमिटिका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा भएको अगुवा प्रशिक्षण कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य टेकबहादुर विक र नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले प्रशिक्षण गराएका थिए ।
नेकपा म्याग्दीका सचिव श्रेष्ठले गुट, उपगुटको पछि नलागी एकताको भावना अनुसार स्थानीय स्तरमा विकास निर्माण र जनताका समस्या समाधान तथा आवश्यकता पुरा गर्न ध्यान दिन अगुवा कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले विकास आजको भोलि नहुने बताउदै आन्दोलनले फालेका शक्तिहरु सरकारको आलोचना तर्फ लागेको बताए ।


कार्यक्रममा नेकपाका नेताहरुले अनुशासनमा ध्यान दिन, एकताको भावनालाई बुझेर जनताको समस्या समाधान र विकास निर्माणमा जुट्न अगुवा कार्यकर्तालाई प्रशिक्षणमा निर्देशन दिएको नेकपा म्याग्दीका सचिवालय सदस्य देवेन्द्रबहादुर केसीले बताए ।