राखु भगवतीमा आयोजित बडा दशैँ मेला सम्पन्न : भलिबलको उपाधी भगवतीलाई

  • ३० आश्विन २०७६, बिहीबार
  • धिरन खत्री
  • 4079 पटक पढिएको

धिरन खत्री/म्याग्दी, ३० असोज । बडा दशैँको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा आयोजित विविध खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाकै सर्वाधिक राशि भएको पुरुष भलिबलमा भगवतीले घतानलाई दुइका विरुद्ध तिन सेटले पराजित गर्दै उपाधी जितेका हो । भगवती युवा क्लव र   काउँले गाैडा युवा क्लव घतान विचको भलिबल फाईनल हेर्न तिन हजार भन्दा बढी दर्शकको उपस्थित भएको थियो । प्रतिस्पर्धात्मक फाइनलमा दुई दुइ सेट दुवै पक्ष घतान र भगवतीले जितेका थिए । भने अन्तिम सेट ९ विरुद्ध १५ नम्वर ल्याउदै भगवतीले २०७६ बडा दशै मेलाको उपाधी चुमेको हो ।


रघुगंगा गाउपालिका– २ राखु भगवती वडा कार्यालयको आयोजनामा भएको खेलकुद प्रतियोगितामा भलिबलको फाईनलमा घतानले उपाधी जित्छ भन्ने हजारौ दर्शको अनुमान उल्टिएको थियो । अघिल्लो बर्षको फाइनलमा बाजुङलाई भगवतीले प्रतिस्पर्धात्मक रुपमा जितेको थियो । त्यस्तै प्रौढ भलिबलको फाईनलमा रानीपौवा युवा क्लवले माछखर्कलाई पराजित गदै उपाधी जितेको थियो । महिला भलिबलमा पुन युनाइटेड युवा क्लव पोखराले रघुगंगा गाउँपालिका –१ तिपल्याङलाई पराजित गर्दै उपाधी जितेको थियो । भने बास्केटबलको प्रतिस्पर्धात्मक फाईनलमा पात्लेखेत युवा क्लवले नवसन्तोष सेवा युवा क्लवलाई पराजित गर्दै उपाधी जितेको थियो । भने प्रतिस्पर्धात्मक फाईनलमा पात्लेखेतले ४७ स्कोर र पिप्लेले ४४ स्कोर लिएको थियो ।


पुरुष भलिबलमा बिजेतालाई ७७ हजार र उपबिजेतालाई ४७ हजार, प्रौढको क्रमश प्रथम र दिप्तृयलाई २५ हजार र १५ हजार, महिला भलिबलको क्रमश प्रथम र दिप्तृय २५ हजार र १५ हजार, बास्केटबलको क्रमश ३१ हजार र २१ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्रले विजेता र उपविजेता खेलाडीलाई सम्मान गरिएको थियो । साथै उतकृष्ट खेलाडीको रुपमा भलिबलमा एकेन्द्र भण्डारी, प्रौढमा किरण शाही, महिलामा रश्मीना गुरुङ र बास्केटबलमा तार्जन पाईजा भएका थिए ।


गण्डकी प्रदेशका सांसद विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको उपस्थितमा पुरस्कार वितरण गरिएको थियो । सो पुरस्कार वितरण कार्यक्रममा सांसद विनोद केसीले युवाहरु खेलकुदसंगै उत्पादनमुलक क्षेत्रमा जोडिन खेलाडी लगायत उपस्थित दर्शकलाई आग्रह गरेका थिए । मुलुकको परिवर्तनको जिम्मा युवाहरुको भएको बताउदै उनले युवाहरु खेलकुदसंगै सामुहिक रुपमा कृषि, पशुपालन, लगायतको क्षेत्रमा लाग्नुपर्ने बताए । उनले गलेश्वर भगवतीको सडकमा कालोपत्रेको काम भईरहेको बताउदै समयमै गुणस्तर सडक निर्माणमा निगरानी बढाउन राखुबासीलाई आग्रह गरेका थिए ।


भगवती कोट मन्दिर परिसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई ब्यवस्थिसंगैे महत्व बढाउन वडा कार्यालयले आयोजना र भगवती युवा क्लवले समन्वय गरेको थियो । आयोजित मेलालाई सम्पन्न गर्न भौतिक, आर्थिक र नैतिक रुपमा सहयोग गर्नुहुने सहयोग दाताहरुलाई वडा अध्यक्ष रिमबहादुर कटुवाल, समाजसेवी एवम् भगवती कोत मन्दिर पुजा समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्ल र क्लव अध्यक्ष प्रविण मल्ल लगायतको उपस्थितमा सम्मान गरिएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l