पर्यटकको आकर्षणमा रुप्से झरना

  • २९ आश्विन २०७६, बुधबार
  • धिरन खत्री
  • 4488 पटक पढिएको

 

म्याग्दी, २९ असोज । सडक सुविधाले म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ दानामा रहेको रुप्से झरनामा पर्यटकको संख्या बढेको छ। दशै तिहारको अवसरमा हिमाल पारिको जिल्ला मुस्ताङ जाने पर्यटकलाई रुप्से झरनाले लोभ्याएको छ ।

बेनी–जोमसोम सडकको छेउमै पर्ने रुप्से झरनालाई नजिकबाट नियाल्दै पृष्ठभुमिमा पारेर तस्विर खिच्नेहरुको दिनहुँ हजाराैको घुईचो लाग्ने गरेको छ । अग्लो छागोबाट खस्ने रुप्से झरनाको सौन्दर्यताको अवलोकन गर्ने युवायुवती तथा विदेशी पर्यटक नागवेली झरना देखेर दंग पर्छन् ।

अग्लो छागोबाट खस्ने र त्यसपछि करिब एक किलोमिटर भिरालो पहाडमा बग्ने रुप्से झरना कालीगण्डकी नदीमा मिसीने गर्छ । रुप्से झरना र संसारकै गहिरो गल्छीलाई नजिकबाट अवलोकन गर्न दशै र तिहारको अवसरमा बेनी जोमसोम सडक भएर आवत जावत गर्ने युवायुवती तथा बाह्य पर्यटकहरुको दैनिकजसो रुप्सेमा भिड लाग्ने गरेको छ । सडकदेखि रुप्से झरना र अन्धगल्छीसम्म पुग्ने पदमार्ग, भ्युटावर र विश्रामस्थल निर्माण भएका छन् ।

पर्यटकको चाप समेत बढीरहेको रुप्सेमा सडक जाम हटाउन र पर्यटकले लामो समय रुप्से विताउने वातावरण सिर्जना गर्न स्थानीय तहले पार्किङ सुविधा लगायतका पुर्वाधार निर्माण गर्नुपर्ने पर्यटक बताउछन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l