काँग्रेस म्याग्दी- काठमान्डौ सम्पर्क समितिद्वारा मोनाका नव निर्वाचित कार्य समितिलाई सम्मान

  • २९ आश्विन २०७६, बुधबार
  • 5248 पटक पढिएको

तिलु शर्मा पौडेल

काठमाण्डाै २८ असाेज ।  नेपाली काँग्रेस म्याग्दी- काठमान्डौ सम्पर्क समितिले म्याग्दी प्रवासी नेपाली संघ(मोना)का नव निर्वाचित कार्य समितिलाई सम्मान गरेको छ । काठमान्डौको राज घरानामा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष चित्र बहादुर केसि को सभापतित्व तथा नेपालि काङ्ग्रेस म्याग्दिका सभापति खमबिर गर्वुजाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मोना आईईसिका नव निर्वाचित कार्य समितिका पदाधिकारी, निवर्तमान कार्य समिति लगायत म्याग्दी जिल्लामा जन्मभै प्रवासमा रहेका तथा एनआरएनएका बिभिन्न पदका प्रत्यासिहरु, समितिका बिभिन्न पदाधिकारी लगायत बिभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो । समितिका उपाध्यक्ष प्रदिप श्रेष्ठको स्वागत मन्तव्य संगै अधि बढेको कार्यक्रममा बोल्दै मोना आईईसिका अध्यक्ष ओम जुग्जालिले मोना सामाजिक संस्था भएको र सामाजिक क्षेत्रमा कार्य गर्ने भएको हुदॉ राजनितिक क्षेत्रबाट राजनितिकरण नगरी सहयोग गरीदिन हुन अनुरोध गरेका थिए ।

साथै मन्तव्य दिने अधिकॉश वक्ताहरुले सामाजिक संस्था र राजनिति बिचको सामिप्यता र सहकार्यका बारेमा बोल्दै सम्मान प्रति कृतज्ञता व्यक्त गरेका थिए । अबिर र खादाले सम्मान गरीएको कार्यक्रमका प्रमुख अतिथी गर्वुजाले मोनाले म्याग्दीमा गरेको विकासको प्रशंशा गर्दै आफु र पार्टिले मोनाका हरेक कार्यमा सकारात्मक सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए ।

समितिका निवर्तमान सचिव विर बहादुर विश्वकर्मा (कमल) ले सहजिकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति केसिले बिशुद्द म्याग्दीकाे विकासका लागि म्याग्दी काठमान्डौ सम्पर्क समितिले मोनासंग सधै रचानात्मक साथ र सहयोग गर्ने प्रतिबद्दता जाहेर गर्दै मोनाका नव निर्वाचित कार्यसमितीलाई कार्य सफलताको शुभकामना का साथै एनआरएनएका प्रत्यासिहरुलाई जितको शुभेच्छा ब्यक्त गरेका थिए ।