बरंजा आर्भाङमा नब निर्मित बहुउद्देश्यीय खेल मैदानको उद्घाटन (फोटो फिचर)

  • २४ आश्विन २०७६, शुक्रबार
  • 3172 पटक पढिएको

अमित विश्वकर्मा

म्याग्दी, २३ असाेज ।  म्याग्दीको मंगला गाउँपालिका ३ बरंजा आर्भाङमा रहेको गतिशील युवा क्लबको नब निर्मित बहुउद्देश्यीय खेल मैदानको बिहिबार उद्घाटन गरिएको छ । क्लब द्वारा आयोजित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बिजयादशमी मेलाको अबसरमा सो मैदानको उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी मंगला गाउँपालिकाका अध्यक्ष सत प्रसाद रोकाले खेल र खेलाडीको बिकासमा नबनिर्मित खेल मैदानले महत्त्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो । खेलकुदको बिकासमा मंगला गाउँपालिकाले थप योजनाहरु बनाउन लागेको बताउदै उक्त खेलमैदान प्याराफिट निर्माण, स्टेज निर्माण र भवन निर्माणमा समेत गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

साथै सोही अबसरमा अध्यक्ष रोकाले जग्गा खरिदमा क्ल्बलाइ लागेको  ऋण   तिर्न भनी ब्यक्तीगत रुपमा रु २ लाख सहयोगको घोषणा गर्नु भएको थियो । वडा नं ३ का अध्यक्ष कबिन्द्र रोकाले बहुउद्देश्यीय खेल मैदान निर्माणले स्थानियलाइ सहज हुने बताउनुभयो । खेलकुद मात्र नभै विभिन्न सभा, समारोह, भेला, सिबिर, र अन्य सार्बजनिक कार्यक्रम गर्न समेत यस मैदानले सहयोग पुर्याउने बताउनुभयो ।

साथै उहाँले क्लबलाइ रु ५० हजार सहयोग गर्नु भएको थियो । कार्यक्रममा नेकपा मंगला गाउँपालिकाका सचीव याम रोका, नेकपा मंगला ३ गाउँकमिटि अध्यक्ष मोहनलाल सापकोटा, ४ का गाउँ कमिटी अध्यक्ष कलाधर कडेल, महेन्द्र रत्न माबिका प्रअ कृष्णलाल सापकोटा, धौलागिरी माबी सिङ्गाका प्रअ दण्डपाणि सापकोटा, भुपु खेलाडी कुल बहादुर रोका, क्लब का भुपु अध्यक्ष रन बहादुर बुढाथोकी लगाएतले सुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बरंजाका खेलाडीहरु कुल बहादुर रोका, योगेन्द्रमान शेरचन, रन बहादुर रोका र कलाधर कडेललाइ भलिबलखेलमा पुराएको योगदानको उच्च कदर गर्दै क्लब द्वारा सम्मान पत्रले सम्मान गरिएको थियो । नौमती बाजा र भजन झाकी र विविध सांस्कृतिक प्रस्तुती सहितको उद्घाटन समारोह क्लब अध्यक्ष खिमनाथ आचार्यको अध्यक्षता र सन्चारकर्मी अमित बिश्वकर्माको सन्चालनमा सम्पन्न भएको थियो ।