अर्थुङ्गे युवा क्लवको अध्यक्षमा पुनः शिशिर शाही : पाचौँ अथुङ्गे कप आयोजना

  • ५ आश्विन २०७६, आईतवार
  • 2698 पटक पढिएको

म्याग्दी, ५ असोज । अर्थुङ्गे युवा क्लवको प्रथम साधारण सभा तथा अघिवेशनबाट पुनः शिशिर शाहीको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा विवेक हमाल, सचिवमा सुवास विक, सह–सचिवमा भरत सुवेदी र अन्जना बानियाँ,  कोषाध्यक्षमा गणेश हमाल रहेको कार्यसमितिको सदस्यहरुमा शिरिष हमाल विराज खत्री, किस्मत बानियाँ, विजय बानियाँ, दिपक विश्वकर्मा, हरि रिजा, पुस्कल खत्री रहेका छन् ।


शनिबार भएको साधारणसभाबाट समितिको निर्णयबाट क्लवका सल्लाकार स्वर्गिय दिनेश शर्माको स्मृतिमा क्लवले पाचौ अथुङ्गे कप आयोजना गरेको छ । विजय दशमीको अवसरमा खेलकुद प्रतियोगिता आयोजना गरिएको छ। असोज २३ गतेदेखि २८ गतेसम्म क्लवको आयोजनामा पुरुष फुटबल, भलिबल, महिला लठो तान्ने लगायतका विविध सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ।


फुटबलमा विजेता तथा उपविजेतालाई ५५ हजार ५५५ रुपैया र ३३ हजार ३३३ रुपैया पुरस्कार रहेको छ भने भलिबलमा ३३ हजार ३३३ र २२ हजार २२२ रुपैया पुरस्कार रहेको क्लवले जानकारी दिएको छ ।
साधारणसभामा बेनी नगरपालिका वडानम्वर ६ का वडाअध्यक्ष कृष्णसिङ बानियाँको उपस्थित रहेको थियो ।