लायन्स क्लव अफ बेनी मल्लाजको आयोजनामा रक्तदान

  • ४ आश्विन २०७६, शनिबार
  • 1953 पटक पढिएको

 

पर्वत बेनी, ४ असोज । लायन्स क्लव अफ बेनी मल्लाको आयोजनामा जलजला गाउँपालिका–३ बेनीमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रगत दान गरेका थिए ।


पर्बतको बेनि बजारमा अवस्थित कालिगण्डकी आमा समुहको भवनमा रक्तदान कार्यक्रममा लायन्स क्लब अफ बेनि मल्लाज का अध्यक्ष दिनेश बानियाँको अध्यक्षता डिस्ट्रीक्ट डेपुटी चिफ एड्भाईजर एमजेफ सन्तोष रावलको प्रमुख आतिथ्यता, डिस्ट्रीक्ट एड्भाईजर लायन सरोज बानियाँको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम भएको थियो । लायन्स क्लब अफ वेनि मल्लाजका संस्थापक अध्यक्ष तथा जलजला गाउँपालिका– ३ का वडा अध्यक्ष देबेन्द्र बहादुर भण्डारीको उपस्थित भएको थियो । रक्तदानमा क्लबका पदाधिकारीहरु, पर्बत बेनीबासी, र बिभिन्न संघ संस्थाहरुका प्रतिनिनिधीको उपस्थित रहेको थियो ।

क्लवका सचिब एवम् रक्तदान कार्यक्रमका संयोजक दल बहादुर जिसि (शिव)को संचालन, सदस्य लायन अर्जुन पौडेल को स्वागत मन्तब्य रहेको कार्यक्रममा पर्बत बेनि बजार सुधार समिती का सचिव नगेन्द्र थापाले मन्तव्य राखेका थिए ।