कस्तुरी सहकारीको दशौँ साधारण सभा सम्पन्न

  • ४ आश्विन २०७६, शनिबार
  • धिरन खत्री
  • 2125 पटक पढिएको

 

म्याग्दी, ४ असोज । सदरमुकाम बेनीबाट कारोबार गर्दै आएको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाले उतकृष्ट काम गर्ने कर्मचारी, एसइइमा उतकृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा जेहन्दार विद्यार्थीलाई छात्रवृति वितरण गर्दै संस्थाको दशौ साधारण सभा सम्पन्न गरेको छ ।

सहकारीले बजार प्रतिनिधि गंगामाया पुन, एसइइ सफलता प्राप्त गरेका शियर सदस्यका छोराछोरीलाई सहकारीका अध्यक्ष राजेश शाक्य, प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष एवम् बेनी नगरपालिका वडानम्वर ७ का वडाअध्यक्ष राजेशकुमार श्रेष्ठद्धारा सम्मान गरिएको थियो ।

२०६६ साल असोज ४गते स्थापना भएको सहकारीले दशौँ बर्षमा प्रवेशको अवसरमा बेनपा ७ र ८ वडामा रहेका विद्यालय अन्तरर्गत बेनी सामुदायिक विद्यालयमा अध्ययनरत गंगा शाक्य, प्रकाश माविमा अध्ययनरत विशाल किसान र बालमन्दिर आधारभुत विद्यालयमा अध्ययनरत अमन तामाङलाई प्रतिब्यक्ति ५ हजार ५०० रुपैया बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको थियो ।

२४६ जना शेयर सदस्य रहेको सहकारीमा २ करोड २१ लाख ९७ हजार रुपैया शियर पुजी रहेको छ । आर्थिक बर्ष २०७५/०७६ मा ४३ करोड ६६ लाख ९७ हजार ९२१ रुपैया कारोवार गरेको छ। भने मुनाफा खुद मुनाफा २० लाख गरेको छ । सहकारीको जगेडा कोषमा ३३ लाख ७ हजार १८४ रुपैया रहेको छ। सहकारीले सेवासर्वसुलभ भरपर्दौ बनाउदै २२ रेमिट सेवा दिदै आएको छ ।

दशैँ सभालाई सम्वोधन गर्दै बेनी नगरपालिका ७ का वडा अध्यक्ष सहकारीको आम्दानीअनुसार सामाजिक क्षेत्रमा गरिने सहयोगलाई निरन्तर बढाउन संचालक समिति, शेयर सदस्य र कर्मचारीको भूमिका महत्वपुर्ण हुने बताए । उनले संस्थाको सेवाप्रति ग्राहकहरुमा भरप्रदो रुपमा विस्तार गर्दै आगामी सेवाप्रवाह उतकृष्ट बनाउन जोड दिए । श्रेष्ठले सहकारीलाई नाफा मुलक भन्दा सेवामुलक रुपमा अगाडि बढाउनुपर्ने बताए । सहकारीको लगानी कृषि प्रर्वद्धनमा बढाउन सकेमा युवाहरुलाई रोजगारीमा टेवा पुग्नेमा लगानी बढाउन सहकारीलाई जोड दिएका थिए ।

त्यस्तै अध्यक्ष शाक्यले प्रगति प्रतिवेदन प्रस्तुत गदै सहकारीको सेवा प्रवाहलाई गुणस्तर बनाउदै प्रविधिमैत्री सेवाको विकासमा विश्वासिलो बनाउन े प्रतिवद्धता जनाएका थिए । त्यस्तै कोषाध्यक्ष सुन्दरमान शेरचनको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भने संस्थाका सल्लाहकार नैनकुमार श्रेष्ठ, दलप्रसाद श्रेष्ठ र मिना चोखालको उपस्थित रहेको थियो । अध्यक्ष शाक्यको अध्यक्षता, उपाध्यक्ष सुन्दरकुमार श्रेष्ठको स्वागत र सचिव बिनय श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा शियर सदस्यहरुको उपस्थित रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l