संबिधान दिवस मनाइयो ( तस्विरसहित )

  • ३ आश्विन २०७६, शुक्रबार
  • धिरन खत्री
  • 1980 पटक पढिएको

 

म्याग्दी, ३ असोज । विभिन्न कार्यक्रम गरेर संबिधान दिवस तथा राष्ट्रिय दिवस २०७६ सदरमुकाम बेनीमा मनाइएको छ । संबिधान दिवस मूल समारोह समितिले बेनीमा प्रभातफेरी र सभाको आयोजना गरेर दिवस मनाएको हो । दिवसको अवसरमा सांसद, राजनितिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीहरुको ¥याली निकाल्दै बजार परिक्रमा गरिएको थियो ।

बेनी सामुदायीक माविमा भएको सभालाई उद्घाट्न गर्दै प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले नेपालको संबिधानले सबैको भावनालाई समेटेको हुदाँ यो संविधान विश्वकै नमुना भएको बताए । उनले पूर्ण कार्यान्वयन मार्फत विकास र समृद्धि हाँसील हुनेमा जोड दिए । संविधान मर्मअनुसार सरकार लोकतान्त्रिक पद्धतीमार्फत जनताको जीवनस्तर उकास्न लागि परेको बताए ।

त्यस्तै संविधान सभाका सदस्यद्धय नवराज शर्मा र गोविन्द्र पौडेलले संविधान संसोधन लागि जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले गर्न सक्ने बताउदै कसैले संसोधन माग गर्दैमा नहुने बताए । लोकतान्त्रिक संविधानले जनतामा खुला र प्रतिस्पर्धी समाज निर्माण गरेको बताए ।

त्यस्तै पुर्व सांसद गोविन्द कडेलले जनताका भावना समेट्दै सरकार अघि बढ्नुपर्ने बताए । उनले इतिहासका राम्रा पक्षलाई आत्मसाथ गर्दै सबै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै गण्डकी प्रदेशका सांसद विनोद केसीले संविधानको मर्मअनुसार विकास र शुसासन तिव्र गतिमा कार्यान्वयन नँहुदा जनतामा गुनासो बढ्नु स्वाभाविक रहेको बताए । शहिदहरुको बलिदानले निर्माण गरेको गणतान्त्रिक संविधानलाई कार्यान्वयनमा सबै लाग्नुपर्ने बताए ।

जिल्ला समन्वय समितीका प्रमुख देवेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले संबिधान कार्यान्वयसंगै नेपालको विकास, सम्बृद्धी र शुसासन कायम गरी जनताको जिवनस्तरमा परिवर्तन ल्याउनेगरी काम गर्नुपर्ने बताए ।त्यस्तै जिल्ला न्याधिश माधवेन्द्र रेग्मी र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले संबिधानको पूर्ण कार्यान्वयनसंगै देश सम्बृद्धीको बाटोमा अघि बढ्नेमा जोेड दिएका थिए ।

बेनी नगरपालिका शाखा अधिकृत युवराज थापाको संचालन, जिससका सदस्य शेरबहादुर केसीको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले शुभकामना मन्तव्य राखेका थिए ।बेनी नगरपालिकाको आयोजनामा भएको निवन्ध प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसकी एलिना नेपाली प्रथम, मंगला शिक्षा क्याम्पसकी प्रमिला पौडल दिप्तृय, माउण्ट एभरेष्ट विद्यालयका करिश्मा सुवेदी तृतिय र न्यु वेष्ट पोइन्टकी रेखा विक र पौलस्त्य माविकी सिमा किसान सान्तवना भएको थिए । प्रतियोगितामा विजेतलाई क्रमश ४, ३, २ र १ हजार रुपैया पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l