हाजीरजवाफ प्रतियोगितामा विद्यार्थीलाई संविधान पुरस्कार

  • २ आश्विन २०७६, बिहीबार
  • 3152 पटक पढिएको

 

म्याग्दी, २ असोज । संविधान दिवसको अवसरमा रघुगंगा गाउँपालिकाले अन्तरमावि विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगिता मौवाफाँटमा सम्पन्न गरेको छ । प्रतियोगितामा सहभागि विद्यालयका विद्यार्थीहरुलाई संविधानको किताव पुरस्कार दिएको छ।

गाउँपालिकाको केन्द्र मौवाफाट रहेको ज्ञानोदय माविको प्राङ्गरणमा भएको हाजिरजवाफमा प्रतियोगितामा गाउँपालिका भित्रका ८ ओटा विद्यालय सहभागिता रहेका थियो । संविधान दिवसलाई सम्झना गर्दै आयोजित प्रतियोगितामा महादेव मावि बेग प्रथम, ज्ञानोदय मावि मौवाफाट दिप्तृय, जनता मावि दग्नाम तृतिय र महेन्द्र मावि झिँ सान्तवना भएका थिए । प्रतियोगितामा विजेतालाई संविधान कितावसहित स्टेशनरी सामाग्री पुरस्कार दिएको थियो ।

संविधानको महत्व, कार्यान्वयन, बाल अधिकार र शिक्षा सम्वन्धी ऐनहरु विद्यार्थीहरुलाई जानकारी गराउने उद्देश्यले संविधान किताव प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई दिएको प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष कमला तिलिजाको अध्यक्षतामा भएको कार्यक्तममा अधिकृत थापाले कार्यक्रमको उद्देश्यबारे जानकारीसमेत गराएका थिए ।गाउँपालिकाको विकासको अवस्था, कृषि, पर्यटन, जलविधुत, शिक्षा अवस्थाबारे समेत प्रतियोगितामा समेट्दै जानकारी गराइएको थियो ।