सहकारीद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  • ३० भाद्र २०७६, सोमबार
  • 2408 पटक पढिएको

म्याग्दी, ३० भदौँ । रघुगंगा गाउँपालिका– ३ स्थित पिप्ले महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले रघुगंगा माविमा शैक्षिक सामाग्री वितरण गरेको छ । बालदिवसको अवसरमा सहकारीले विद्यालयमा अध्ययनरत १ देखि ५ सम्मका १ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।


सहकारी अध्यक्ष देवी मल्ल, सह–सचिव साधना पोखरेल र ब्यवस्थापक सन्तु शर्माको उपस्थितमा सहकारी शिक्षा कोषबाट विद्यार्थीलाई ३०/३० दर्जन कपी र कलम वितरण गरिएको थियो ।  स्थापनाकालदेखिनै सामाजिक क्षेत्रमा दलित, गरिव, अपाङ्ग, विपन्न, जेहन्दार बालबालिकाहरुलाई पढाईमा सहयोग गर्दै आएको छ। त्यस्तै सहकारीले रघुगंगामा अध्ययनरत एक जना विद्यार्थीको १० सम्मको बार्षिक खर्च ब्यहोर्दै आएको छ ।
विद्यालय प्रअ रमेशसिङ ठकुरी लगायतको शिक्षक र सहकारी संचालक सदस्यहरुको उपस्थितमा वितरण गरिएको थियो ।


सहकारीले ग्रामिण भेगका महिलाहरुको जीवनस्तर उकास्नका लागि ब्यवसायिक कृषि तथा पशुपालन क्षेत्रमा लगानी गर्दै आएको छ । भने ग्रामिण भेगको जीवनस्तर सुधारमा महिलाहरुमा बचतको बानीको विकासमा सहयोग गरेको छ ।