म्याग्दी जेसिजको भेटघाट

  • २८ भाद्र २०७६, शनिबार
  • 1875 पटक पढिएको

बेनी, २८ भदौँ । म्याग्दी जेसिजले शनिबार जेसीजका पदाधिकारीसंग भेटघाट कार्यक्तम सम्पन्न गरेको छ । नेपाल जेसिज निरुपित राष्ट्रिय कार्यकारी उपाध्यक्ष रमेशचन्द्र भुसाल र निरुपित राष्ट्रिय कार्यकारी उपाध्यक्ष गोकुल सापकोटाको उपस्थितमा भेटघाट भएको थियो ।


म्याग्दी जेसिजका अध्यक्ष खमबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्तममा जिल्लामा शाखाले गरेको गतिविधि जानकारी गराएका थिए । नेपाल जेसिजका उपाध्यक्ष भुसाल र सापकोटाले म्याग्दी जेसिजले गरेको काम उतकृष्ट रहेको बताउदै निरन्तरताको शुभकामना दिएका थिए । स्वरोजगारमुलक सिप विकासकामा युवालाई लक्षित गरेर नेतृत्व विकास कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका थिए ।


महासचिव सन्दिप खत्रीको संचालनमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, नेपाल जेसिजका पुर्व अध्यक्ष धनन्जय श्रेष्ठ लगायतका पुर्व अध्यक्ष र विभिन्न जिल्लाका अध्यक्षले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य विरेन्द्र श्रेष्ठले राखेका थिए ।